निराज रानाभाट , तनहुँ : पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन – आँबुखैरेनी सडकखण्डमा ठूला सवारीसाधन नचल्ने भएका छन । तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका – ०४ , पावर हाउस नजिक सडक भासिएकाले केही दिन ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको हो।

उक्त सडकखण्डबाट साना सवारीसाधनलाई एकतर्फी रुपमा सञ्चालन गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । सडक भासिएको ठाउँबाट माइक्रो , साना कार , मोटरसाइकल मात्रै वारपार गराइएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालयले उक्त खण्डमा शुक्रबार राति ०७:०० बजेदेखि बिहान ०६ :०० बजेसम्म अर्को सूचना नभएसम्मका लागि यातायात सञ्चालन पूर्णरुपमा बन्द गरेको छ । रातिको समयमा जोखिम हुने भएकाले यातायात सञ्चालनमा पूर्ण रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले बताए ।

सडक भासिएर एउटा कार र एउटा मोटरसाइकल खस्दा २ जनाको मृत्यु भएको थियो , मृत्यु हुनेमा मकवानपुर जिल्लाको हेटौँडाका उप – महानगरपालिका – ३५ वर्षीय हेमबहादुर भुजेल र गोर्खा घर भई तनहुँकाे आँबुखैरेनी गाउँपालिका – ०२ बस्ने ३३ वर्षीय केशव घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 91 Viewed

प्रतिक्रिया दिनुहोस्