काठमाडौं : नवल खड्काको अभिनय र निर्देशनमा तयार भएको चलचित्र ‘ काँडेतार ’ को टिजर सार्वजनिक गरिएको छ । चलचित्रमा नवलको कथा र लगानी पनि छ । मक्किको राई र अञ्जु के.सी निर्माता रहेको चलचित्रमा नवल खड्का , गौरव पहारी , सुरविना कार्की , रेविका गुरुङ , प्रशान्त यादव , प्रेम सुब्बा , संजय खतिवडा , प्रशान्त तामाङ , मुरलिधर लगायतका कलाकारको अभिनय छ ।

सामाना फिल्मस् प्रा.लि. को ब्यानरमा निर्माण भएको यो चलचित्रमा श्री श्रेष्ठको एक्सन , कविराज गहतराजको कोरियोग्राफी , तारा थापा ‘ किम्भे ’ र बन्दे प्रसादको सम्पादन छ । चलचित्रको टिजरमा सिमाना विवादका कारण नेपाल र भारतविच हुने गरेको झगडा , सिमानामा काँडेतार लगाउनुपर्ने बिषयलाई उठान गरिएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 135 Viewed

प्रतिक्रिया दिनुहोस्