निराज रानाभाट , तनहुँ : पृथ्वीराजमार्गको मुग्लिन – आँबुखैरेनी सडकखण्ड पूर्ण रुपमा पूर्ण रुपमा सवारी साधन सञ्चालन आएको छ । जेठ २७ गते , बिहान साँखरमा पहिरोले सडक भत्काएपछि सडक अबरुद्ध भएको थियो ।

भित्तो खारेर सडक बनाएपछि दिउँसोको समयमा साना गाडी चल्दै आए पनि रातिको समयमा सडक पूर्ण रुपमा बन्द थियो ।मालबाहक तथा ठूला सवारी साधान जेठ २७ गतेदेखि नै बन्द थिए ।

अब सबै प्रकारका गाडी जतिखेर पनि चल्न पाउने तनहुँका निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए ।

अन्तिम पटक अध्यावधिक गरिएको 99 Viewed

प्रतिक्रिया दिनुहोस्