निराज रानाभाट , दमौली , तनहुँ : गण्डकी प्रदेश सरकारले तनहुँ जिल्लाको व्यास नगरपालिका – ०५ स्थित मानुङकोट र ऋषिङ गाउँपालिका – ०१ काहुँशिवपुर जोड्न झोलुङ्गे पुल निर्माण गर्ने भएको छ ।

मानुङकोट र काहुँशिवपुर जोड्ने प्रदेश सरकारको नीति तथा कार्यक्रममा दुई पालिका जोड्ने डाँडामा बहुप्रयोजनको झोलुङ्गे पुल निर्माण गर्ने उल्लेख गरिएको छ ।

पछिल्लो समय मानुङकोट पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको छ । सूर्योदय र कुहिरो अवलोकनका लागि मानुङकोटमा देशका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन् । केही वर्षअघिसम्म सुनसान मानुङकोटमा अहिले पर्यटकीय पूर्वाधार निर्माण गर्ने क्रम शुरु भएको छ । तनहुँकाे सदरमुकाम दमौली बजारलाई कुहिराले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 69 Viewed

प्रतिक्रिया दिनुहोस्