विदेशमा अलपत्र परेका नेपालीहरूप्रति सरकार संवेदनशील बनोस्- गोकर्ण विष्ट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य तथा पूर्व श्रममन्त्री गोकर्ण विष्टले विदेशमा अलपत्र परिरहेका नागरिकको उद्दारका लागि कदम चाल्न सरकारलाई आग्रह गरेका छन् ।

शुक्रवार सामाजिक सञ्जाल फेसबूकमा लेख्दै बिष्टले उनीहरूको उद्दार गरी नेपाल ल्याउन सरकारले अबिलम्ब प्रभावकारी कदम चाल्नुपर्ने बताएका हुन् ।

बिष्टले भनेका छन् – ‘यस्तो अवस्थामा उनीहरूको उद्धार गरी नेपाल ल्याउन, स्वदेश नल्याउँदासम्म खाने-बस्ने कुराको व्यवस्था गर्न र सम्बन्धित देशलाई करार सम्झौताको अनिवार्य पालना गराउन नेपाल सरकारले अविलम्ब प्रभावकारी कदम चालोस् । नेपालीहरूको समस्या प्रति सरकार संवेदनशील बनोस् ।’