चेन्नाई सुपर किंग्सलाई पराजित गर्दै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० मा विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा राजस्थानले चेन्नाईलाई १६ रनले पराजित गरेको हो ।

सन् २००८ को पहिलो संस्करणको च्याम्पियन राजस्थानले १३औं संस्करणमा सुखद सुरुवात गरेको छ ।पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको चेन्नाईले भने पहिलो हार व्यहो¥यो ।


राजस्थानले दिएको २ सय १७ रनको लक्ष्य पछ्याएको चेन्नाईले २० ओभरमा ६ विकेट गुमाएर २०० रन मात्र बनायो । चेन्नाईका लागि फाप डु प्लेसिसले सर्वाधिक ७२ रन बनाउनुभयो । उहाँले ३७ बल खेल्दै १ चौका र ७ छक्का प्रहार गर्नुभयो । शेन वाट्सनले ३३ रन बनाउँदा कप्तान महेन्द्र सिंह धोनीले अविजित २९ रन जोडे ।

अन्तिम ओभरमा धोनीले ३ छक्का प्रहार गरेका थिए ।राजस्थानका लागि राहुल तेवाटियाले ३ विकेट लिनुभयो । त्यसअघि शारजहाँमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले ७ विकेट गुमाएर २ सय १६ रन बनाएको थियो ।

अन्तिम पटक अध्यावधिक गरिएको 27 Viewed

प्रतिक्रिया दिनुहोस्