प्रहरीले सुरु गर्यो सांसद अपहरण प्रकरण अनुसन्धान

काठमाडौं । समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरण प्रकरणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । सत्तारुढ नेकपाका सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ तथा निवर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल संलग्न रहेको मुद्दामा प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय, बबरमहले शुक्रबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौंलाई मुद्दाबारे जानकारी दिएसँगै अनुसन्धान सुरु भएको हो । जनाइएअनुसार घटनाबारे अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौंबाट शुक्रबार नै प्रहरी निरीक्षकको नेतृत्वमा टोली प्रस्थान गरेको छ ।