अहिलेको मुद्दालाई अन्तर्राष्ट्रियकरण गरौँ, भारतसँगको खुला सीमामा काँडेतार लगाऔँ

  • नवल खड्का

मैले लामो समयदेखि सीमा क्षेत्रमा काँडेतार अभियान चलाइरहेको छु । सीमा क्षेत्रमा काँडेतार अभियान सार्थक थियो, त्यसैले अहिले यो अभियानमा सहभागिता बढेको छ । सुरुवातको अभियानकर्ताको नाताले भन्नु पर्दा, सीमा क्षेत्रमा बारम्बार हुने आपराधिक गतिविधिदेखि सीमा मिच्ने घटनाले हामीलाई काँडेतार अभियानका लागि प्रोत्साहन गरेको थियो । नेपाल आमामाथि दिनहुँ घट्ने छिमेकीका गलत क्रियाकलापले नै हामीलाई यस अभियानमा लाग्न अभिप्रेरित गरेको थियो ।

अहिले पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल, नेकपा नेता देव गुरुङ लगायतले सीमा क्षेत्रमा काँडेतार लगाउनु पर्ने कुरालाई उठाउनु भएको छ । हरेक देशभक्त नेपालीको मनमा सीमा क्षेत्रमा काँडेतार लगाउनु पर्ने ठोस धारणना बनेको छ । अहिले हामीले सञ्चालन गरेको अभियान, एउटा अभियानमात्र नभएर राष्ट्रिय मुद्दा बनेको छ । हामीले थालेको अभियानले ढिलोचाँडो सीमामा काँडेतार लाग्नेछ ।

भारतले आफूलाई सैन्य वा भौगोलिकरुपमा ठूलो देखाउँदै गरेको अपमान नेपाल र नेपाली जनतालाई स्वीकार्य छैन । यसको बलियो प्रतिवाद गर्नुपर्छ । भारतले नेपालमा बसोबास गर्ने नेपालीको मात्र नभएर संसारभर छरिएर रहेका नेपालीको आत्मसम्मानमा चोट पुर्याएको छ ।

भारतीय विस्तारवादी नीति र हेपाहा तथा मिचाह प्रवृत्तिका कारण नेपालको लिपुलेकमा सडक बनेको छ । त्यतिमात्र होइन, हाम्रो सीमावर्ती क्षेत्रमा बस्ने नेपाली दाजुभाइ दिदीबहिनीलाई भारतले पटक पटक दुख दिइरहेको छ । पछिल्लो समय नेपाल सरकार र नेपाली जनताले ऐतिहासिक प्रमाणका आधारमा आफ्नो भूमि भएको प्रमाण देखाउँदा पनि भारतले सडक खनेर नेपाल र नेपाली जनतामाथि अन्याय गरेको छ ।

भारतले आफूलाई सैन्य वा भौगोलिकरुपमा ठूलो देखाउँदै गरेको अपमान नेपाल र नेपाली जनतालाई स्वीकार्य छैन । यसको बलियो प्रतिवाद गर्नुपर्छ । भारतले नेपालमा बसोबास गर्ने नेपालीको मात्र नभएर संसारभर छरिएर रहेका नेपालीको आत्मसम्मानमा चोट पुर्याएको छ ।

नेपाल सरकारको कमजोरीले पनि यस्ता क्रियाकलाप गर्न भारत उत्साही भएको छ । हामीले विभिन्न उपायको अलवम्वन गरेर प्रतिवाद गर्नुपर्ने थियो । यो समस्याको जरो खोज्दा तत्कालीन राजा महेन्द्रको पालादेखि खोज्नुपर्छ ।

तर, पञ्चायतको अन्त्य भएपछिका सरकार पनि गम्भीर बन्न सकेनन् । जनताको सडक आन्दोलनले नेताहरुले कर्मकाण्डी तरिकाले यो कुरालाई उठाउने गरे । समस्या समाधानमा सरकार र प्रतिपक्ष दलका नेताहरु जिम्मेवार बन्न सकेनन् । त्यसैले नेपाली नेताहरुको मुटु छाम्दै भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण गर्यो । नेपाली नेताहरुले म्याच फिक्सिङ गरेको भन्दा यो उपयुक्त हुन्छ ।

पहिलो पटक स्व प्रेमसिंह धामीले कालापानी क्षेत्रमा भारतले गरेको अतिक्रमणलाई नेपाली जनताकाबीचमा ल्याउनु भएको थियो । त्यसपछि नेपालका राष्ट्रवादी जनता, कम्युनिष्ट पार्टी निकट विभिन्न विद्यार्थी संघसंगठन दार्चुला पुगेर समस्याका विषयमा सांकेतिक विरोध गरेका थिए ।

तर, पञ्चायतको अन्त्य भएपछिका सरकार पनि गम्भीर बन्न सकेनन् । जनताको सडक आन्दोलनले नेताहरुले कर्मकाण्डी तरिकाले यो कुरालाई उठाउने गरे । समस्या समाधानमा सरकार र प्रतिपक्ष दलका नेताहरु जिम्मेवार बन्न सकेनन् । त्यसैले नेपाली नेताहरुको मुटु छाम्दै भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण गर्यो । नेपाली नेताहरुले म्याच फिक्सिङ गरेको भन्दा यो उपयुक्त हुन्छ ।

नेपाली जनताको विरोधलाई पनि समर्थन गर्ने र भारतसँग बलियो तरिकाले बिरोध गर्न नसक्ने खालको अवस्था नेपाली नेताहरुको ठूलो कमजोरी हो । अहिले पनि प्रश्नगर्ने धेरै ठाउँ छन् । नक्सा छाप्ने मात्र होइन, पुरै भूमि फिर्ता ल्याउने कुरा गरेर लिम्पियाधुरासहितको नेपालको नक्सा नछाप्नुको कारण के हो ? यो कुरा प्रष्ट हुन समय लाग्ला ।

प्रष्ट भएको कुरा यो हो कि नेपाली नेताहरु जिम्मेवार बन्न नसकेकै हुन् । सरकारको निस्क्रियता मात्र होइन, लम्पसारवादी हाम्रो नीति पनि हो । विभिन्न कालखण्डदेखि सरकारको कुटनीतिक असक्षमता, लाचारिपन, दलालीपन पनि यो प्रकरणमा प्रष्ट देख्न सकिन्छ ।

समस्या समाधानका विषयमा मसँग प्रष्ट जवाफ त छैन । तर, म प्रष्ट छु कि हामाीले सुरक्षाफौज परिचालन गरेर वा लडाईँ गरेर नेपाली भूमि फिर्ता गर्न सक्दैनौँ । विदेश मामिलाका जानकारहरुले विभिन्न विकल्पमा छलफलका विषयबस्तु ल्याइरहनु भएको छ ।

कुटनीतिक पहल गर्ने, दुई पक्षीयमात्र नभएर त्रिपक्षीय नेपाल, चीन र भारत वार्तालाई अगाडि बढाउनु पर्छ । अन्तर्राष्ट्रियकरण र अन्तर्राष्ट्रिय अदालत जाने लगायतका विभिन्न विकल्प छन् । भारतले नेपाली भूमिलाई आफ्नो दावी गरिरहँदा हामीले तत्काल यी कदम चाल्नुपर्छ ।

अहिले मौसमी बाजा बजाउने समय होइन् । यो विवाद अहिले र एकैपटक आएको पनि होइन । त्यसैले हामीले हामीसँगका प्रमाणका आधारमा भारतीय विस्तारवादलाई परास्त गर्नसक्छौँ । त्यसका लागि लामो कुटनीतिक पहल तथा अभियान नै चलाउनुपर्छ । यो निरन्तर उठाउनु पर्ने विषय बनेको छ । भारतले अहिले पनि आफ्नो भूमि दावी गरिरहेको छ । हामीले त्यसलाई प्रमाण संकलन गरेर गतिलो जवाफ अन्तर्राष्ट्रिय क्षेत्रको समर्थनमा दिनुपर्छ ।

भारतले लामो समयदेखि सीमावर्ती क्षेत्रमा आफ्नो दादागिरी देखाइ रहेको छ । नेपाली जनताको आत्मसम्मानमा चोट दिइरहेको छ । सीमावर्ती क्षेत्रमा ज्यादती गरिरहेको छ । त्यसैले अन्य खुला सीमामा काँडेतार लगाउने काम अगाडि बढाउनु पर्छ ।

(खड्का सिमानामा काँडेतार अभियानका अभियन्ता एवं चलचित्र कलाकार सङ्घका निवर्तमान अध्यक्ष, नायक तथा निर्माता हुन् ।)