नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बुधबार बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगन भएको छ । बिहान ११ बजे पार्टी मुख्यालयमा धूम्रबाराहीमा बस्ने भनिएको बैठक सदस्यहरुको कोरोना जाँचपछि मात्र बस्ने गरी स्थगन गरिएको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।
उनका अनुसार स्थायी कमिटीका ४५ सदस्य सबैको कोरोना भाइरस (कोभिड–१९)को परीक्षण गरेरमात्र बैठक बस्ने छ ।