गजल

नलुकाइनु थियो कुरा लुकाउन बाध्य पार्यौ।
उच्च शिर उस्को सामु झुकाउन बाध्य पार्यौ।

मनको भित्री बगैचामा फुलाएका ति फुलहरु।
चैत मासको खडेरिमा सुकाउन बाध्य पार्यौ ।

ढाकि छोपी हिजो सम्म जोगाएको ईज्जत मेरो।
लाहाचारी बनि मलाई चुकाउन बाध्य पार्यौ ।

नहुने ति कुरा तिम्ले भित्र भित्र गरि मलाई ।
बेकारमा गाउका कुकुर भुकाउन बाध्य पार्यौ।

नङ्सुरिको घाउ छोप्न लगाएको मलम पट्टि ।
घाउ अझ दुख्दा दुख्दै फुकाउन बाध्य पार्यौ।

                       भरत अधिकारी 
                        भानु -१२ घलेछाप।
                                 तनहुँ ।