भानु नगरपालिकाको राहत कोषमा ५१ हजार नगद सहयोग

भानु खबर,फुस्रेटार । भानु २ सामुदायिक विकास सहकारी सस्था लि. भानु २ ठुलो बगैचाले कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोषमा आर्थिक सहयोग जम्मा गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैंलिरहेको कोरोना भाईरस रोकथाम तथा न्यूनिकरणको लागि नगरपालिकाको सो कोषको खातामा सहकारीले नगद ५१ हजार रुपैंया नगर प्रमुख उदय राज गौलीलाई हस्तान्तरण ।

ग्लोबल बैंक लि. भानु २ फुस्रेटार शाखामा रहेको कोषको खाता नं. अ २०४०१००००००८ मा नगद ५१ हजार रुपैंया नगरपालिका अध्यक्ष उदय राज गौलीलाई आज हस्तान्तरण गरिएको सहकारीका सचिव तोरन अधिकारीले जानकारी दिए ।
नगद हस्तान्तरण कार्यक्रममा भानु नगरपालिका कार्यकारी अधिकृत राजेन्द्र देब पान्डे,सहकारीका अध्यक्ष हरिराम आचर्य , सचिव तोरन अधिकारी , सदस्य उपेन्द्र बिस्ट, उपस्थिती रहेको थियो।

यस बिषम परिस्थितीमा नगरपालिकाको राहत कोषमा सहकारीले आर्थिक सहयोग गरेको भन्दै प्रमुख गौलीले आफ्नो व्याक्तिगत तथा नगरपालिकाको तर्फबाट सहकारी सस्थालाई बिशेष धन्यवाद दिएका थिए ।