नेपालमा कृषि अर्थतन्त्रको अन्तरसम्बन्ध र भावी बाटो

प्रकृति ढकाल -नेपाल शदियौदेखि कृषिप्रधान देश हाे । अहिले पनि नेपालमा ६०% भन्दा बढि जनसंख्या कृषि तथा कृषिजन्य पेसा, व्यवसायमा अाधारित छन् । तापनि हरेक काम र कुराहरु अस्तव्यस्त हुँदा कृषिमा निर्भर देशको अर्थतन्त्र परनिर्भर हुन पुगेको छ । राजनीतिक नारामा नै सिमित रहेकाे हरेक क्षेत्रको विकास गतिझैं देश विकासकाे मेरुदण्ड कृषि तथा पशुजन्य पेशामा स्पष्ट नीति, कार्यक्रम र व्यवहारिक योजना अभावले कृषि क्षेत्र अझै अात्मनिर्भरसम्म हुन सकेकाे छैन । उल्टो कृषिप्रधान भनिने हाम्रो देशले वर्षेनी अरबौं अरब मूल्यमा खाद्यान्न भित्र्याउन छ ।

कृषि तथा पशुजन्य उत्पादनमा परनिर्भरता हुनु चिन्ता र दुखद भएपनि कुनै विकल्प खडा नगरी कृषि विकासका नाराले निरन्तरता पाउदै अाएको देखिन्छ । नेपाल सरकारले देशलाई कृषिमा अात्मनिर्भर बनाउने योजना निर्माण गर्दा विद्यमान कृषि तथा पशु विकास मन्त्रालयलाई सुदृढीकरण गर्नुको सट्टा प्रधानमन्त्री कृषि आयोजनाको नाटक गर्छ र कार्यकर्तालाई पोष्छ भने त्यस्तो देशमा के आशा गर्न सकिन्छ र ? राजनीतिक नारामा उद्यमशील किसानको क्षतिपूर्तिदेखि लिएर वास्तविक किसानलाई पेन्सनको सुविधा प्रदान गर्ने कोषको व्यवस्था पनि सुनिन्छ । देशका विभिन्न क्षेत्रको भौगोलिक विशेषता अनुरुप ति क्षेत्रलाई फरक-फरक उत्पादन पकेट क्षेत्र घाेषणा गर्ने तथा कृषि उत्पादन र बजारीकरणमा अाधुनिकरण गर्ने जस्ता नीति तथा कार्यक्रम पनि निरन्तर सुनिन्छन् तर व्यवहारिक रुपमा कार्यान्वयन नभई बाेलिमा मात्रै वा राजनीतिक दलका कार्यकर्ता पोष्ने तहमा सिमित रहेकाे छ र आम सर्वसाधारण जनतासंग त्यो सुविधा पुगेको छैन । नेपाल कृषिप्रधान मुलुक भनियता पनि दिनप्रतिदिन कृषिजन्य वस्तुकाे निर्यात घट्दो र अायात बढ्दाे रहेको छ । यसले नेपालकाे बर्सेनि व्यापार घाटा बढ्दाे छ र आर्थिक सन्तुलन संकटग्रस्त भइरहेको छ । अार्थिक वर्ष २०७५/७६ लाई हेर्ने हाे भने १३ खर्व २१ अर्व रुपैयाँकाे व्यापार घाटा पाइन्छ ।

२०७६ चैत्र यता सरकारले लकडाउन गरेएता मात्रैको अवधिलाई हेर्ने हाे भने पनि १३ अर्व रुपैयाँ बराबरकाे अत्यावश्यक वस्तुकाे अायात भएको भन्सार विभागकाे तथ्यांक रहेकाे देखिन्छ । एकातिर खुल्ला सिमाना र व्यापार प्रतिस्पर्धामा छुट र अर्कोतिर भारतका किसानले सरकारको अनुदानमा सस्तो उत्पादन गर्दा नेपाली किसानहरू मर्कामा छन् । अझ विडम्वना त के भने देशकाे कृषि प्रणालिलाई सिन्चाइ जोड्न सकिएको छैन र पुरै मनसुनमा अाधारित रहेकाे अवस्था छ । जसकाे कारण समयमा वर्षा नहुदा किसानले कृषि उत्पादन बढाउन सकेका छैनन्। त्यस्तै समयमा मल ,बीउ जस्ता कृषिजन्य सामाग्रीकाे अभाव हुनु, गुणस्तर नहुँदा वा नक्कली बिउविजनका कारण बाली उत्पादन नहुनु जस्ता कयौं समस्या खेपिरहनु परेकाे हुन्छ । बाली अनुसार सिञ्चाइ सुविधाकाे अभावका कारण समयमा फरक फरक मौसमी कृषिवालिहरु लगाउन तथा भित्र्याउन नपाउने अवस्था छ । अधिकांश किसानहरू सिचाइकाे समस्याबाट पिडित छन् र लगानीको अनुपातमा लाभ लिन नसक्दाका पिडा झेलीरहेका छन् ।

हालकाे समयमा चिनकाे बुवान प्रान्तबाट सुरु भएको काेराेना भाइरस Covid-19 ले विश्व नै संकटमा फसेको छ । निरन्तरको लकडाउनले विभिन्न देशको अर्थतन्त्रलाई स्वास्थका साथै खाद्यान्न सङ्कटमा पार्ने निश्चित भएकाे छ । स्वास्थ्य समस्याबाट लाखौं मानिसले ज्यान गुमाएका छन् भने भोकमरी र खाद्यान्न अभावमा करौडौं मानिस कोरोना सङ्क्रमित हुनुका साथै भोक भोकै मर्ने भएका देखिन्छन् । विदेशबाट खाद्यान्न आयात गरी मुलुकका युवाशक्तिलाई बैदेशिक रोजगारमा पठाउने नेपालको गलत नीतिका कारण अाजकाे समयसम्म ६० लाख भन्दा बढि युवाहरु खाडि तथा विदेशका विभिन्न मुलुकमा सस्तो श्रममा बेचिएका छन् । काेराेना भाइरसको संन्त्रासमा पनि विदेशमा छन् र संक्रमणका कारण कतिपयले विरानो ठाउँमा ज्यान गुमाइ रहेका छन् ।

सयौं संख्यामा कोरोना संक्रमण र दर्जनौं संख्यामा मृत्यु नै भएको छ । यसरी विश्वका सबैतिर गरी २००० भन्दा बढि नेपालीले विदेशमा ज्यान गुमाएका पाइन्छन् । विश्व अर्थतन्त्रमा पर्ने प्रभावले वैदेशिक भुमिमा राेजगारीमा रहेका लाखौं लाख युवाहरुकाे राेजगारसमेत गुमाउने निश्चित छ । हरेक देशको प्रभावित अर्थतन्त्रको शिकार बनी राेजगारबाट बिहिन बनेकाहरु तनावमा छन् । त्यसाे त कयौं युवाहरु अबकाे केही समयमा स्वदेश फर्कने छन् । जसबाट यस्ता युवाहरुलाई कहाँ कसरी व्यवस्थापन गर्ने ? भन्ने चुनौती थपिने देखिन्छ । स्वास्थ जस्ताे महत्वपुर्ण पक्षमा परेकाे नराम्रो प्रभावका कारण अाज विश्व अर्थतन्त्र पनि नराम्ररी प्रभावित बनेकाे छ । जसबाट सजिलै के अाकलन गर्न सकिन्छ भने अाज स्वास्थ्य सङ्कटबाट गुजि्रएको हामी भाेलिका दिनमा अार्थिक सङ्कटबाट गुज्रने दिन नअाउला भन्न सकिदैन । यसर्थ सरकार अब हिजाेकाे दिनहरु भन्दा अझ बढि जिम्मेवार बन्नुपर्ने हुन्छ । स्राेत र साधनले भरिपुर्ण रहेकाे हाम्रो देश नेपाल अब युवा जनशक्तिको प्रयाेग गरेर कृषि तथा कृषिजन्य बस्तुकाे उधाेगमा क्रान्ति ल्याउन चुनौतीकाे रुपमा अाएको याे समयलाई अवसरमा परिणत गर्न सक्नुपर्छ । सरकारले अार्थिक वर्ष २०७७/७८ काे बजेट छुट्याउदा विगतका वर्षहरुमा कनिका झै बजेट छर्ने परिपाटिकाे अन्य गर्नुपर्छ ।

साम्सद विकाश काेष जस्ता काेषहरुमा बजेट छुट्याउदा अाजकाे मर्म र अावाश्यकताकाे कदर हुदैन । त्यसैले सरकारले अाजकाे मर्म र अावाश्यकतालाई ध्यानमा राखि स्वास्थ र कृषिमा बढि जाेड दिई बजेट छुट्याउनुपर्छ । कृषिमा अनुदान व्यक्तिलाई नभई सामुहिक अनुदान तथा मल, बिउ जस्ता कुरामा अनुदान दिनुपर्छ । सिचाइ सुविधाकाे व्यवस्था गर्नुपर्छ । साथै उत्पादन भएका बस्तुकाे बजार व्यवस्था गर्ने ,किसानलाई समयमा मल , बीउ उपलब्ध गराउने कृषि सहकारिहरुकाे स्थापना तथा सहुलियतमा रिण उपलब्ध गराउने जस्ता कामहरु सरकारले महत्वका साथ प्राथामिकतामा राख्नुपर्छ ।

नेपालमा थुप्रै किसिमका जडिबुटि छन् । जुन कौडिकाे भाउमा विदेश निर्यात हुन्छन् । यसरी निर्यात भएका जडिबुटीकाे औसधि पछि फेरि महङ्गो मुल्यमा किन्नुपर्ने अवस्थाकाे अन्त्य गर्न जडिबुटि सङ्कलन तथा प्रशाेधन केन्द्रकाे स्थापना गर्ने, युवाहरुलाई राेजगार शृजना गर्ने काम गर्नुपर्छ । युवाहरुले पनि देशमा केही गर्ने अठाेट राख्नुपर्छ । कृषि पेशालाई निम्नस्तरकाे पेशाकाे रुपमा नहेरि याे पेशालाई सम्माननिय पेशाकाे रुपमा लिनुपर्छ । पैसा लगानि गरेर मात्रै उत्पादन तथा उपलब्धि हुन्छ भन्ने भ्रमबाट बाहिर आइ निरन्तर लगनशिल भई धैर्यका साथ काम गर्नुपर्छ । देशमा कृषि , जडिबुटी तथा जलस्रोतको अपार सम्भावना रहेकाे छ । यसकाे प्रयाेग गरि देश विकाश तथा साघुराे र खुम्चिएको अर्थतन्त्रलाई फराकिलाे बनाउन सकिन्छ । स्राेत , साधन र जनशक्तिको उचित प्रयाेगबाट विश्वकै गरिब देशहरुकाे सुचिमा अाउने दक्षिण काेरिया स्राेत, साधन र अाफ्नाे युवा जनशक्तिको प्रयाेग गरेर कति अगाडि बढ्याे भन्ने कुरा हाम्राेे सामु छर्लङ्ग छ । तसर्थ ” युवाहरु देशका हिरा हुन अब अाफ्नै देशमा टल्कनुपर्छ” । जय देश जय स्वाभिमान ।।।


भानु-८ , तनहुँ ।