कतारमा ८ नेपाली कैदीलाई आममाफी

कतार – ईस्लामिक धर्मालम्विहरुको पवित्र पर्व रमादानको अवसरमा दिइने आममाफीको क्रममा कतारमा यो वर्ष ८ नेपाली कैदीलाई आममाफी दिएको छ ।


बिभिन्न कसुरमा कतारस्थित कारागारमा बन्दी जीवन बिताइरहेका नेपालीहरुलाई नियमानुसार आममाफी दिइएको नेपाली दूतावासले जनाएको छ । गत शुक्रबारका दिन भिडियो कन्फेरेन्स संवाद कार्यक्रममा दुतावासको तर्फबाट बोल्दै द्रित्तिय सचिव प्रविन भट्टराईले सो को बारेमा जानकारी दिएका हुन ।


यसअघि कोरोना भाइरसको महामारीको अवस्थालाई मध्यवजर गर्दै कतारको बन्दी गृहमा रहेका १३ जना लागू औषध कोरोवार, २ जना चोरी, १ जना मादक पदार्थ कारोबार र अर्का १ जना गठगीको कसुरमा गरी सजाय भुक्तान गरिरहेका १७ कैदिहरुले आममाफि पाएका थिए ।