ट्याक्टर दुर्घटना हुदाँ एकको ज्यान गयो

भानु खबर -डुम्रे वेंशीशहर सडकखण्डअन्तर्गत तनहुँको भानु नगरपालिका–१ अँधेरीखोलामा ट्याक्टरबाट खसेर शनिबार एक जनाको मृत्यु भएको छ।
भन्सारबाट पुर्कोटतर्फ ढुंगा लिएर जाँदै गरेको ग१त ५५०२ नंको ट्याक्टरमा सवार भन्सार बस्ने १८ वर्षीय नवीन परियार लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ।