युवा समाजसेवी थकालीद्धारा मृगौंला पिडितलाई सहयोग

भानु खबर,आँबुखैरेनी, तनहुँ / आँबुखैरेनीका स्थानीय युवा समाजसेवी बादल थकालीले मृगौंला रोगबाट पिडीत भएका ढकाल दम्पतीलाई खाद्यन्न सामाग्री बितरण गरेका थिए । आँबुखैरेनी गाउँपालिका वडा नंं ३ छबिसे टोल नजिकै बसोबास गर्दै आउनुभएका दुबै मृगौंला फेल भएका ६१ वर्षिय मंगल ढकाल दम्पतीलाई बिहान बेलुकाको छाँक टार्न धौ धौं परेकोले थकालीको आफ्नै पहलमा खाद्यन्न सामाग्री बितरण गरिएको हो । लकडाउनको बेला दैनिक जिवन कष्टकर बन्दै गएपछि ढकाल दम्पती बस्ने स्थानमा गएर आज २५ किलोको १ बोरा चामल, ५ किलो आलु, ५ किलो दाल, ४ पोका तेल, २ पोका नुन, १२ प्याकेट बिस्कुट र १ वटा जुस बितरण गरिएको युवा समाजसेवी थकालीले जानकारी दिए । यस क्षेत्रका संघ संस्था, गाउँपालिका र वडा कार्यालयबाट कुनै पनि सहयोग र उपचार नपाएको मृगौंला पिडीत ढकालको सहयोग र उपचारमा सहयोग गरिदिनुहुन सम्पूर्णलाई समाजसेवी थकालीले आग्रह गर्नुभएको छ । यस अघि आँबुखैरेनीका युवा समाजसेवी दिनेश केसी र बादल थकालीले दुबै मृगौंला फेल भएका मंगल ढकालको डाईलासिसको लागि ७ पटक सम्म आँबुखैरेनीबाट दमौलीसम्म यातयातको व्यवस्था निःशुल्क गरेका थिए ।