२७ औं मदन आश्रीत स्मृति सभा सम्पन्न

भानु ,तनहुँ ।नेपाल कम्युनिस्ट पार्टी नेकपा भानु नगरपालिका वडा न ४ को आयोजनामा जननेता मदन भण्डारी र कुशल संगठन बिभाग प्रमुख जीवराज आस्रितको २७ औं स्मृति सभा सम्पन्न गरेको छ।

नेकपा गण्डकी प्रदेशका सल्लाहकार राम बहादुर अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिशिस्ट अतिथि  नेकपा जिल्ला कमिटी सचिबालय सदस्य तथा नेकपा भानुका अध्यक्ष प्रेम कुमार राना रहेका थिए भने अन्य अतिथिहरुमा नेकपा जिल्ला कमिटी सचिबालय सदस्यऋषि राम पन्त ,सागर क्षेत्री , लगाएत नगरक कमिटीका सदस्यहरु तथा वडाका पदाधिकारीहरु र नेकपा समर्थकहरु को समेत उपस्तिथि रहेको थियो।

नेकपा भानु वडा न ४ का अध्यक्ष पदम बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा २०५० साल जेठ ३ गते भएको चितवनको दुर्घटनामा ज्यान गुमाएका जननेता तथा नविन बिचारक मदन भण्डारी र  कुशल संगठन बिभाग प्रमुख जीवराज आस्रित प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै  देश , पार्टी र जनता प्रतिकोयोगदानको चर्चा गरिएको थियो।