बाँकेको नरैनापुरमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा कुल ३ सय ५७ कोरोना पोजेटिभ

भानु खबर ,बाँके / बाँकेको नरैनापुर गाउँपालिकामा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४६ जना पुरुष र एक महिला छन् । ४७ जना कोरोना पोजेटिभ भेटिएका छन् । पुरुष ४६ र महिला १ गरि ४७ पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नरैनापुरमा यसअघि ८ जना कोरोना पोजेटिभ भेटिएका थिए । थप एक जना मृतकको कोरोना पोजेटिभ भेटिएको थियो । सोमबार भेरी अस्पताल नेपालगन्जमा परीक्षण गरिएको २ सय ६३ स्वाब मध्येको १९२ जनाको गर्दा ४७ जना पोजेटिभ भेटिएको अस्पताल श्रोतद्धारा जानकारी दिएका छन् । अब नेपालमा कुल ३ सय ५७ कोरोना पोजेटिभ देखिएको छ ।