भर्जिनियामा किशोरीलाई यौन आक्रमण गर्ने सम्भवत नेपाली यूवा पक्राउ

अमेरिकाको भर्जिनिया राज्यको फेयरफ्याक्स काउन्टी अन्तर्गत स्प्रिङ्गफिल्डमा किशोरीलाई यौन आक्रमण गर्ने सम्भवत नेपाली यूवा पक्राउ परेका छन् । स्प्रिंगफिल्ड शहरको ब्याकलिक कोर्ट को ७००० क्षेत्रमा गत बिहिबार यौन आक्रमण भए पछि प्रहरीहरु त्यहा पुगेका थिए ।

फेयरफ्याक्स काउन्टी प्रहरीका अनुसार उक्त स्थानमा किशोरी हिड्दै गर्दा एक किशोर नजिक आई उक्त किशोरीलाई यौन आक्रमण गरेका थिए । पिडित किशोरीले ९११ मा प्रहरीलाई खबर गर्न खोज्दा उक्त किशोरले उनको संचार थान( फोन) भुईमा फ्याकी दिएका थिए ।

तर संयोगवस उक्त घटना हेरी रहेकी छिमेकी घर मालिकले प्रहरीलाई बोलाई उक्त किशोरलाई पक्राउ गराएका थिए । २५ बर्षिय उक्त किशोर अर्जुन धिमाल भएको प्रहरीले जनाएको छ भने उनलाई हिरासतमा लिइएको छ ।

धिमाललाई अपहरण,यौन आक्रमणको प्रयास र प्रहरीहरुलाई बोलाउन रोक्न खोजेको आरोप लगाईएको समाचार लोकलडिभीएम डटकमले लेखेको छ ।