उत्कृष्ट किसानमा धिताल सम्मानित

सुजन थपलिया,भानु खबर । जैविक विविधता संरक्षण समिति भानु ९ र प्रगति धान पकेट भानु ८ को संयुक्त आयोजनामा संचालित १ दिने बीऊ उत्पादन तालिम आज भानु नगरपालिका वडा नं.(९) को सभाहमा सम्पन्न भएको छ ।

जैबिक बिबिधता संरक्षण समितिका अध्यक्ष बिकल राज अधिकारीको अध्यक्षतामा संचालित कार्यक्रममा २० जना कृषकको सहभागी रहेको थियो । उप्त तालिमको अबसरमा उत्कृष्ट कृषक भिमप्रसाद धिताल लाई दा नगद रु १,५०० र दोसल्ला वोडाएर सम्मान गर्नुको साथै सम्पुर्ण कृषकहरुलाई टोपि, पिपिसि ब्याग (वोरा) वितरण गरियो।

कृषि ज्ञान केन्द्र तनहुँ र भानु नगरपालिकाको प्राविधिक सहयोगमा सम्पन तालिममा प्रशिक्षका रुपमा राजन सेडाँई, नितु खनाल र सीताराम बजगाँई रहेका थिए ।

प्रशिक्षकहरुलाई मायाको चिनोको रुपमा झोला र छाता प्रदाब गरिएको जैविक बिबिधताका सचिव राजन थपलियाले जानकारी दिए ।