लकडाउनमा के गर्दैछन् भानुका कलाकार !

भानु खबर । हाम्रो मुलुक मात्र होइन विश्वमा यतिबेला (कोभिट—१९) कोरोना भाइरसको आक्रमणले मानव जीवन यापन ठूलो समस्याको सिर्जना गरेको छ । कोरोनाबाट नेपाल पनि करिब दुई महिना देखि पुर्णरुपमा लक डाउनमा रहेको छ ।
दैनिक निकै व्यक्त रहने यातायातका साधान उद्योगधन्दा, कल कारखाना, पसल, होटल व्यवसाय लगायत मनोरञ्जन क्षेत्रका सबै काम ठप्प छ । त्यसैले दैनिकी जस्तो रेकर्डिङ , मेला महोत्सव र कार्यक्रममा व्यस्त रहने कलाकारहरु कोही गाउँतिर गएर खेतीपाती गरिरहेका छन् भने कोही गाउँ जान नपाएर शहरमा नै लकडाउनमा थुनिएका छन् ।
यहि शिलशिलामा भानु नगरपालिकामा जन्म भएर सांगितीक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका कलाकार यति बेला गाँउमा के गर्दै छन त भन्ने रिपोर्ट तयार गरेका छौं ।

चर्चित लोक दोहोरी गायक: राजु ढकाल
गायक राजु ढकाल तनहुँ भानु नपा ८ पुर्केटमा जन्मिएर नेपाली लोक तथा दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल , लोक तथा दोहोरी गायक हुन ।
अहिले लकडाउनले राजु आफ्नै गाउँघरमा घरायसी कामकाज मेलापात र साथिहरु सँग गफिएर पुरानै यादहरु दोहोराउदै छन

साथै उनले आफ्नी आमा संग बनाएको टिकटक यतिखेर सामाजिक संजालमा निकै रुचाईएको छ । लोक दोहोरी प्रतिष्ठान नेपालको केन्द्रिय कोषाध्यक्ष समेत रहेका राजु लकडाउनले गर्दा करिब दुई महिना देखि परिवार सगँ आफ्नो जन्मघरमा रहदै आएका छन ।
काठमाडौमा रहदा दैनिकी जस्तो रेकर्डिङ , सुटिङ ,स्टेज कार्यक्रम र प्रतिष्ठानको काममा व्यक्त रहने गायक राजु भन्छन लामो समय गाउँ रहदा आफ्नो छुट्टै अनुभुती भएको बताउछन ।

गायिकः आरति खड्का
हंकङ्कको साडिले नेपालको धुलो उडायो, जस्ता दर्जनौ चर्चित गितमा आफ्नो स्वर दिएकी गायिका आरती खड्का पनि लकडाउनका कारण आफ्नो जन्मघर भानु ५ बारिफाँटमा तिरै छिन ।
काठमाडौ रहेर आफ्नो सांगीतिक यात्र अगाडि बढाई रहेकी आरतिको पनि लकडाउनको समयमा दैनिकी आफ्नै घरमा काम गरेर बितेको छ । उनी मेलापात र साथी संगीहरु सगँ उहि पुरानै पानि पधेरीमा गर्दै दिन कटिरहेको छ । सबैजना कोरोना भाइरसँग सुरक्षित रहेर लकडाउनको पालना गर्न उनले अनुरोध गरिन् ।

लोक दोहोरी गायक : सुरेश सुन्दाश
गायक सुन्दाश लोक दोहोरी क्षेत्रमा नव उदाउदै गरेका गायक हुन उनले गत बर्ष बजारमा आएको चर्चित गित “चिमोटेउ नि गालैमा” आफ्नो आवाजबाट निकै चर्चा कमाउन सफल भए ।
तनहुँको भानु १३ मिर्लुङ्ममा जन्मीएका नव गायक सुन्दाश यति बेला काठमाडौंमा नै रहेका छन् । उनलाई लकडाउनले गाउँ फर्कने मेसो नमिलेको बताउछन ।
दैनिकी कोठामै बसेर गीत संगीत सुन्ने र एक्लै कोठामा गुनगुनाउदै साथिहरु सग च्याट गर्ने , टिभी हेर्ने र फेसबुक लाईभ मार्फत गित गित गाउदै दिन विताउदै रहेका छन । सम्पूर्ण नेपालीहरुलाई सुरक्षित रहन पनि उनले अनुरोध गरेका छन ।


लोक दोहोरी गायिकाः कल्पना गुरुङ
लै जाउँ लाउर , नाच्छु भन्छे बाइ जस्ता गित गाएर लोक दोहोरी क्षेत्रमा पहिचान बनाउदै गरेकी कल्पना गुरुङको जन्म घर भानु नपा ९ पुर्कोट हो ।
हाल उनी पनि लकडाउनले आफ्नै जन्मघर पुर्काेटतिरै छिन काठमान्डौमा नाच्न र गाउन फुर्सद नपाउने गुरुङले यति बेला आफ्नो परिवारलाई मिठामिठा परिकार बनाएर खुआउने र आफ्ना स्रोताहरु सगँ समाजिक गफिएर टिकटक बनाउदै दिन विताउने गरेको बताउछिन । उनि भन्छीन स्वास्थ्य नै ठूलो धन भएकाले सबैजना सुरक्षित रहन अनुरोध गर्दै कोरोनाको संक्रमण झन् व्यापक रुपमा नेपालमा फैलिन थालेकोमा चिन्ता व्यक्त समेत गरिन ।
प्रस्तुती : सुजन थपलिय