‘मृत्यु’ हल्लाकाे शिकार बनेका गुल्मीका काेराेना संक्रमित शिक्षक जिबितै रहेकाे क्रिमसन अस्पतालकाे प्रस्टाेक्ती

बुटवल-गुल्मी मदानेका काेराेना स‌ंक्रमित शिक्षककाे मृत्यु नभएकाे उनकाे उपचार गरिरहेकाे रुपन्देहीकाे एक अस्पतालले जनाएकाे छ ।

कोभिड–१९ संक्रमण पुष्टि भएका गुल्मीको मदाने गाउँपालिका–६ पुर्कोटदहका ४१ वर्षिय शिक्षकको अवस्था गम्भीर रहेको तर उनको मृत्यु भएको भन्ने समाचार गलत भएको क्रिमसन अस्पताल मणिग्राम रुपन्देहीले जनाएकोहाे  ।

आज मध्यान्ह एक विज्ञप्ति जारी गर्दै अस्पतालले कोरोना संक्रमित बिरामीको मृत्यु भएको भनेर समाचार आएकोमा त्यो गलत र भ्रामक भएको बताएको हो ।

रुपन्देन्हीको तिलोत्तमा नगरपालिकास्थित क्रिमसन अस्पतालको भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको छ । अस्पतालले पाँच दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको जनाएको छ ।

अस्पतालका सहायक प्रशासकीय अधिकृत चन्द्रकान्त बस्यालले पनि उनले अवस्था गम्भीर रहेको बताए ।

‘अझै डाक्टरहरु उपचारमै हुनुहुन्छ, मृत्यु भएको होइन,’ उनले भने ।

अस्पताल संचालक समितिका अध्यक्ष चिन्तामणि पाण्डेले संक्रमितको अवस्था मंगलबारको जस्तै स्थीर रहेको बताए ।