भारतबाट भित्रीएकालाई क्वारेन्टाइनमा बेवस्थित गरिदै :बढैयाताल गाउँपालिका

भानु खबर, बर्दिया / बाँकेको जामुना नाकाबाट भित्रीएका ५५ जनालाई बढैयाताल गाउँपालिकाले आ आफ्ना वडाको क्वारेन्टाइनमा राख्ने भएको छ। रोजगारी गर्न भारतको विभिन्न शहरमा गएका उनिहरु भारतको विभिन्न क्वारेन्टाइनमा बसेकाहरुलाई बुधबार साझ जमुनाह नाकाबाट नेपाल प्रवेशमा अनुमती दिएको हो।
नेपाल प्रबेश गरे सङै उनिहरुलाई आ अफ्नो पालिकाको जिम्मा लगाइएको थियो।बढैयाताल गाउँपालिकाका विभिन्न वडाका ५५ जनालाई अहिले अफ्नो अफ्नो वडाको क्वारेन्टाइनमा राख्ने काम भैराखेको जानकारी बढैयाताल गा.पा प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले दिनु भएको छ। वडा न.१ का ३२ जना ,वडा न. ३का ९ जना ,वडा न. ४ र ७ का १ १ जना,वडा न. ५ का २ जना र वडा न.८ को १० जना गरि जम्मा ५५ जना पालिका प्रबेस गरेका थिए। गाउँपालिकाका अनुसार अहिले तत्कालका लागि भने चाप भएका वडा न. १,३ र ५ का क्वारेन्टाइनहरु आजबातै संचालनमा आउने छन् भने अरु वडामा पनि चाप बढ्ने देखिएकाले संचालनमा लाउने तयारी तीब्र भएको जानकारी प्राप्त भएको छ।