एकै परिवारका ५ जना क्वारेन्टाइनमा

मनोज श्रेष्ठ, भानु ,तनहुँ । भानु नगरपालिकामा एकै परिवारका ५ जनालाई शारदा कलेजको क्वारेन्टाइनमा राखिएको छ।


भानु नगरपालिकाको वडा न ७ स्थित बसन्तपुर थानीथान स्थाई घर भै हाल भानु १ कल्याणटार बस्ने बर्ष २९ को सबिया मिया उनैको छोरा बर्ष १४ को मुसर्रफ मिया, छोरी १८ महिनाकि नुरा मिया, बहिनिहरु बर्ष २९ कि सबिया मिया र बर्ष २३ कि कसिमन मिया रहेका छन् ।

शुक्रबार उनिहरु तनहुँको डुम्रेमा रहेको प्रहरी बिटमा आएर आफुहरुको चाड भएको र बिरामी आमालाई भेट्न आफ्नो गाउँ भानु ७ को थानिथान बसन्तपुर जानुपर्ने  भएको भन्दै सुरक्षाकर्मिलाई बस चढाउन आग्रह गरेकोमा खाद्यान्न बोकेर आएका मालबाहक ट्रकमा भनिदिए पनि सघुरो ठाँउ भएपछि जान नसकेको र पछि तेहि बस्ने सुरक्षाकर्मिले हाम्रो बस आउदै छ भनी रोकेर केहि बेरमा बस आएपछि चालक सङ भनिदिए र बसको अगाडि क्याबिनको सिटमा बसेर बाइसजागर सम्म गएकोमा भानु १ को भन्सारमा रहेको चेकपोस्टमा जाच गर्ने क्रममा उनिहारुलाई रोकिएपछि उनिहरुलाई सङ्गक्रमित क्षेत्रबाट आएको मानिस चढेको बस भनेर जानकारी भएको सबिया मियाले बताए ।

लम्जुङ्ग जाने गरि सिमाना तथा सङ्गक्रमित क्षेत्रबाट आएको मानिस चढेको बस चढेर गएको हुँदा उनिहरु समेत जोखिममा रहेको भन्दै अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्नुपर्ने भन्दै भानु २ स्थित शारदा कलेजको क्वारेन्टाइनमा उनिहरुलाई राखिएको र भानु नगरपालिकाका स्वास्थ्य प्रमुख एसोर्य चन्द्र भट्टराईले बताए ।


भानु नगरपालिकाका उपमेयर आशा थापा तथा वडा न २ का वडा अध्यक्ष अर्जुन बहादुर खड्काले समेत उनीहरुलाई भेटेर त्याहाको उनिहरुको अवस्थाका बारेमा जानकारी लिएका थिए ।