शारदा कलजेको क्वारेन्टाइनलाई खनालको सहयोग

सुजन थपलिय , भानु खबर । तनहुँको भानु नगरपालिका–२ स्थित तनहुँ शारदा कलेजमा नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा नेपाली कांग्रेस तनहुँको युवा नेता तथा ने.बि.संघका पुर्व केन्द्रिय सह–महामन्त्री लक्ष्मी भक्त खनालले सहयोग गरेका छन ।


उनले ५ वटा पानीको जार, २४० वटा मिनरल बोत्तल पानी र २०० पिस मास्क भानु २ का वडाध्यक्ष अर्जुन खड्कालाई हस्तान्तरण गरेका हुन ।


५० बेडको बनाउने भनिएको क्वारेन्टाइनमा अहिले १० जना रहेको अध्यक्ष खड्काले बताए । उनले हालको असहज अवस्थामा पनि यति सामाग्री सहयोग धन्यवाद व्यक्त गरेका थिए ।
वडाध्यक्ष खड्काले सम्पुर्णलाई यस आपतको घडिमा मिलेर अगाडि बढ्न अनुरोध गर्दै आफ्नो ठाउँमा बाहिरबाट आएको ब्यतिलाई अनिवार्य रुपमा क्वारेन्टाइन बस्न समेत आग्रह गरे ।