तनहुँ । तनहुँका संचारकर्मी महिलाहरूकाे बुधबार दमाैलीमा सम्पन्न एक भेलाले महिला सशक्तिकरण संचार समाज गठन गरेकाे छ ।

भेलाले प्रकृति खनालकाे अध्यक्षतामा १३ सदस्यीय प्रारम्भिक कार्य समिति चयन गरेकाे हाे । समाजकाे उपाध्यक्षमा बिमला दवाडी, द्वितीय उपाध्यक्षमा शिला वाग्ले, सचिवमा अञ्जु दाहाल, काेषाध्यक्षमा सुनिता आचार्य र सह सचिवमा ममता गुरूङ रहेका छन् ।

त्यस्तै सदस्यहरूमा सम्झना रसाइली, आजिमा खातुन, बिन्दु नैनाबस्ती, काेपिला सुनार, मनु सापकोटा, शर्मिला वि.क र अस्मिता खनाल रगेका छन् ।

जिल्लाका विभिन्न सञ्चारमध्यममा आवद्ध भई पत्रकारिता क्षेत्रमा आवद्ध महिलाहरूको पेसागत तथा कार्यक्षमता अभिवृद्धि गर्दै पत्रकारितामा टिकाइ राख्ने उद्देश्यले संस्था गठन गरिएको अध्यक्ष खनालले बताइन् । 

अन्तिम पटक अध्यावधिक गरिएको 10 Viewed

प्रतिक्रिया दिनुहोस्