अमेरिकाभरी प्रदर्शन, चार हजार चारसय पक्राउ, ट्रम्प एक घन्टा बंकरमा

१५ राज्य र वासिंटन डिसीमा नेसनल गार्ड तैनाथ, सातौ दिनपनि प्रदर्शन जारी रहने

यादवराज जोशी ,वासिंगटन डिसी -अश्वेत अमेरिकी जर्ज फोयडको मिनापोलिसमा प्रहरी हिरासतमा मे २५ मा मृत्यु भएपछि अमेरिका भरी प्रदर्शन भैरहेको छ । प्रदर्शन हिंसात्मक हुदै आईतबारसम्म जाँदा चार हजार चारसयभन्दा बढी प्रदर्शनकारी पक्राउ भएका छन् । अमेरिकाको राजधानी वासिंटन डिसीस्थित ह्वाईट हाउस अगाडि हिंसा भएपछि राष्ट्रपति ट्रम्प केही समय बंकरका बसेका थिए ।

जर्जलाई मिनापोलिसका प्रहरी डेरेक च्वाभिनले करिव आठ मिनेट घुडाँले घाँटी थिचेर मारेको भिडियो मे २५ मा सार्वजनिक भएपछि प्रदर्शन सुरु भएको थियो । अहिले प्रदर्शन हिंसात्मक हुदै गएको छ । मे २५ बाट सुरु भएको प्रदर्शन सन् १९६८ पछिको सबैभन्दा ठूलो जनप्रदर्शन मानिएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले सोमबार अपरान्ह महान्याधिवक्ता विलियम बारसंग प्रदर्शन रोकथाम गर्ने कानुनी उपाय बारे सल्लाह गर्ने बताइएको छ ।

एसोसिएट प्रेसका अनुसार, अमेरिकाका विभिन्न सहरमा चार हजारबढी प्रदर्शनकारी पक्ताउ परेका छन् । मिनापोलिसमा कर्फ्यू उलंघन गर्ने एकसय ५५ जनालाई पक्राउ गरिएको छ । न्यूयोर्कमा भएको प्रदर्शनमा मेयरकी छोरी चियरा पनि पक्राउ परेकी छन् । उनीसहित एकसय प्रदर्शनकारी न्यूर्योकमा पक्राउ परेका हुन ।

एटलान्टामा प्रदर्शनकारीमाथि बढी बल प्रयोगको भन्दै दुई प्रहरीलाई हटाईएको छ । क्यालिफोर्नियाको बेभर्ली हिल र सेन्ट मोनिकामा सोमबार ४ बजे अपरान्हपछि पनि कर्फ्यू जारी रहने जनाइएको छ । वासिंडन डिसीमा प्रदर्शनकारीले घरेलु हतियार बाकेर प्रदर्शनमा आएको मेयर मुरियल ब्राउजरले आरोप लगाएकी छन् ।

शनिबार मिनापोलिस, वासिंटन डिसी, न्यूयोर्क, फिलाडेल्फियामा हिंसात्मक प्रदर्शन भएको थियो । डिसीस्थित पुरानो सेन्ट जोन्स चर्चमा प्रदर्शनकारीले आगो लगाएका छन् । आईवा राज्यको डेभन पोर्टमा दुई र लुईसभील केन्टकीमा एकजनाको मृत्यु भएको छ । आईतबार बिहानबाट १५ राज्य र वासिंटन डिसीमा नेसनल गार्ड तैनाथ गरिएको छ । राजधानी डिसीसहित अमेरिकाका ४० सहरमा कर्फ्यू लगाइएको छ ।

वासिंटन डिसीमा प्रदर्शन हुदै गर्दा शक्रबार राष्ट्रपति ट्रम्प ह्वाईट हाउसभीत्रको बंकरमा बसेका थिए । उनी करिव एक घन्टा बंकरमा बसेको सिएनएनले जनाएको छ । प्रदर्शनकारी हईट हाउस रहेको पेन्सिल्भेनिया एभेन्युमा आएपछि उनी बंकरमा पसेका थिए । शुक्रबार ह्वाईट हाउस अगाडि भएको प्रदर्शनमा एक दर्जन सेक्रेट एजेन्ट घाईते भएका थिए ।

ह्वाईट हाउसले दंगात्मक प्रदर्शन नियन्त्रण गर्न कालाजातीका नेताहरुसंग वार्ता सुरु गर्ने योजना बनाएको छ । प्रदर्शनका कारण अमेरिकी राष्ट्रपति ट्रम्पको होसहवास गुमेको छ । उनले आतंकवादी क्रियाकलाप नियन्त्रणमा लागु हुने एन्टिफा कानुन प्रदर्शनकारीमाथि लगाईने ट्वीट गरेका छन् ।सातौ दिनपनि प्रदर्शन जारी रहने अनुमान गरिएको छ ।

स्रोतः सिएनएन, फक्स, एनपिआर, वासिंटन पोस्ट र एजेन्सीहरु