नेविसंघ इकाईद्धार क्वारेन्टाइनलाई सहयोग

भानु खबर , फुस्रेटार – तनहुँ शारदा कलेजको क्वारेन्टाइनमा बस्नेहरुको लागि शारदा कलेजको ने.वि.संघ इकाईले सहयोग प्रदान गरेको छ ।

भानु न.पा २ का वडा अध्यक्ष अर्जुन के.सि , ने.वि.संघका पुर्ब महामन्त्री आनन्द राज त्रिपाठी, सोहि कलेजका अध्यापक गोविन्द भट्टराई र शुक बहादुर गुरुङ्ग को उपस्थितिमा ने.वि.संघका अध्यक्ष प्रबिण बराल ले भानु न.पा.२ का वडा अध्यक्षलाई ब्रस १९२ थान,मञ्जन १२० थान,सावुन ६० थान,माक्स १०० थान हस्तान्तरण गरेको हो ।
संघका अध्यक्ष बरालले तनहुँ शारदा कलेजका विद्यार्थी साथीहरु सहयोगको लागी धन्यवाद व्यक्त गरेका थिए ।

Image may contain: 2 people, people standing and outdoor