भानु नगरपालिका कार्यलय दुई सिफ्टमा सञ्चालन गर्ने

भानु खबर, फुस्रेटार ।
विश्वव्यापी महामारीमा रुपमा फैलिएको कोभिड–१९ को रोकथामका लागी भानु नगरपालिकाले आफ्नोे कार्यलय समय दुई सिफ्टमा सञ्चालन गर्ने भएको छ ।

नगरपालिकाले एक पत्र लेख्दै नेपाल सरकारद्धार गरिएको निर्णय बमोजिम सरकारी कार्यलय दुई सिफ्टमा सञ्चालन गर्ने व्यवस्था भए अनुसार प्रशासनिय एंव सिफारिस सम्बन्धी कार्यहरु विहान ८ देखी दिउसो १ बजे सम्म र याजना प्रवाविधिक र आर्थीक प्रशासन सम्बन्धी कार्यहरु दिनको १ देखी ६ बजे सम्म हुने जनाएको छ ।
उक्त कार्यलय दुई सिफ्टमा सञ्चालन भने आज २०७७,असार, १ गते देखी अर्काे व्यवस्था नहुँदा सम्मका लागि लागु हुने गरि कार्यलय सञ्चालन हुने पत्रमा उल्लेख छ ।

नगरपालिकाले सर्वसाधारण एंव नागरिक सेवाको कार्य निम्नानुसार हुने भएकाले सम्बन्धित सबैमा जानकारी गराउदै सेवा ग्राहीहरुलाई तोकिएको समयमा मात्र नगरपालिकामा आएर आफ्नो सेवा लिन समेत अनुरोध गरेको छ ।