ऐश्वर्याको ‘लठ्ठै’ पार्ने सुन्दरता, हेराैँ १३ तस्बिर

मुम्बई । कुनैबेला विश्व सुन्दरीसमेत बनेकी बलिउड अभिनेत्री ऐश्वर्या राय उमेरले ४७ वर्ष पुगेकी छन् । एक सन्तानकी आमा ऐश्वर्याको वैशालु रूपरङमा कुनै कमी आएको छैन् ।

अझै उस्तै छ । ऐश्वर्याको सौन्दर्यको जादुले जो कोहीलाई ल’ठ्याउने गरेको छ । एकदम फिट एन्ड फाइन रहेकी उनी आफ्नो सौन्दर्य र स्वास्थ्यका लागि निकै सर्तक पनि रहेकी छन् । ऐश्वर्याको सौन्दर्यको रह’स्य उनले जिउने प्राकृतिक जीवनशैली नै हो ।

ऐश्वर्या प्राकृतिक खानपानमा रुची राख्छिन् । तारेको भोजन, जंक फुड, प्याकेज फुड, अ’ल्कोहल, धूम’पान आदि सेवन गर्दिनन् । नियमित रूपले जिम जान्छिन् । हिँड्न रुचाउँछिन् । पावर योगा गर्छिन् । दैनिक करिब ४५ मिनेट योग गर्छिन् ।

त्यसो त ऐश्वर्याको सौन्दर्य र फिटनेसमा उनको खानपानले पनि खास भूमिका खेलेको छ । दिनको सुरुआत ऐश्वर्या आफ्नो दिनको सुरुआत एक गिलास मनतातो पानी र मह वा कागतीबाट गर्छिन् । मनतातो पानीमा मह र कागती मिसाएर सेवन गर्दा हाम्रो शरीरको मोटोपन कम हुन्छ । साथै यसले छालामा पनि निखार ल्याउँछ ।

नास्तामा ब्राउन ब्रेड– ऐश्वर्या नास्तामा ब्राउन ब्रेड र ओट्स प्रयोग गर्छिन् । यसका साथै उनले एक गिलास दूध पनि लिने गरेकी छन् ।

हरेक दुई घन्टामा केही खाने– ऐश्वर्याले हरेक दुई घन्टामा केही न केही खाएकै हुन्छ । यद्यपि, यसका लागि उनले फल र नट्स प्रयोग गर्छिन् ।

लन्चमा उसिनेको सब्जी र दाल– ऐश्वर्या आफ्नो लन्चमा उसिनेको सब्जी खाने गर्छिन् । यसको फाइदा के छ भने, उसिनेको सब्जीमा सबै पोषक तत्व सुरक्षित हुन्छ जो सजिलै पच्छ । त्यति मात्र होइन, यसमा फ्याट पनि कम हुन्छ । यसका साथै उनले दाल र चिया पनि सेवन गर्ने गरेकी छन् ।

डिनरमा ब्राउन राइस र ग्रिल्ड फिस ऐश्वर्या आफ्नो डिनरमा ब्राउन राइस खान्छिन् । यतिबेला उनलाई ग्रिल्ड फिस पनि चाहिन्छ । कहिलेकाहीँ मंगोलोरियन फिस करी वा चिकन करी पनि खाने गर्छिन् ।

दिनभर पर्याप्त पानी- ऐश्वर्या दिनभरमा आठ गिलास पानी पिउने गर्छिन् । यसले गर्दा शरीरमा पानीको अभाव हुन पाउँदैन साथै छाला पनि हायड्रेट रहन्छ ।

यस्तै ब्यवस्थित जीवनशैलीका कारण ढल्किदो उमेरमा पनि सदावहार सुन्दरीको रूपमा चर्चित ऐश्वर्या सामाजिक संजालमा पनि सक्रिय छिन् । जहाँ उनको सुन्दरताको तारिफको बर्षा नै हुन्छ ।

फ्यानले निकै रूचाएका उनका थप सुन्दर तस्बिर हेराैँ