विद्यालयद्धार अभिभावक र विद्यार्थीलाई सचेतना कार्यक्रम

सुजन थपलिय,

भानु ९ बाइसजगर । लमजुङको एक विद्यालयले अभिभावक र विद्यार्थीलाई सचेतना कार्यक्रम गरेको छ ।
लमजुङ जिल्ला राइनस नगरपालिका वडा नं.८ तार्कुघाटमा रहेको वीर भक्ती माध्यमिक बिधालयले कोरोना भाइरसको कारणले शैक्षिक सत्रको पठानपाठनमा असर परेको भन्दै अभिभावक तथा विद्यार्थीलाई सचेतना कार्यक्रम गरेको हो ।
असार १ गते बाट नेपाल सरकारले लकडाउन केही खुकुलो गरि विद्यालयमा भर्ना र किताब बितरण गरे सगै विद्यार्थीहरुलाई पढाइ सुरु गर्नको लागि अभिभावक सँग सामाजिक दुरि कायम गर्दै अन्तरक्रिया गरेको शिक्षक सिताराम अधिकारिले जानकारी दिए ।
बिद्यार्थीको पढाईलाई निरंतरता दिनका लागि अनलाइन तथा अन्य कुनै माध्यमबाट सुरु गर्नका लागि लमजुङ र तनहुँका भानु ८,९ र १० वडाको विद्यार्थीको घरमा नै गएर अभिभावक सँग अन्तरक्रिया गरेको हो ।