भानुका ४ जनामा कोरोना पुष्टी

भानु खबर, फुस्रेटार । तनहुँको भानु नगरपालिकामा आज ४ जनामा कोरोना पुष्टी भएको छ । तनहुँ शारदा कलेजको क्वारेन्टाईनमा बस्दै आएका २२,४२,४० र ५२ बर्षका ४ पुरुषको कोरोना संक्रमण पुष्ट भएको हो ।


उक्त ४ जना भारतबाट आएर कलेजको क्वारेन्टाईनमा बस्दै आएको नगरपालिकाले जनाईएको छ भने संक्रमणीत सबैलाई जिल्लाको आईसोलेसन कक्षामा लैजाने तयारी भएको नगर उपप्रमुख आशा थापाले जानकारी दिईन ।
भानु नगरपालिका नारेश्वरटारमा रहेको तनहुँ शारदा कलेजको क्वारेन्टाईनमा बस्दै आएका ३६ जनाकोे कोरोना परिक्षण लागी पठाईएको मध्य २३ जनाको पि.सी.आर रिपोर्टमा १९ जनामा नेगेटिभ र ४ जनामा पोजेटिभ आएको हो भने बाकीँ १३ जनाको रिपोर्ट आउन बाकीँ रहेको
उपप्रमुख थापाले जानकारी दिएकी हुन ।


यसै गरि तनहुँमा आज थप भएका कोरोना सन्क्रमति मध्य ऋषङ्गि गाउँपालकिाका ४०,३१,२०,२३,२४,२७ र २१ बर्षका पुरुष गरी ७ जना,शुक्लागण्डकी नगरपालकिाका १८ बर्षका पुरुष,भानु नगरपालकिाका २२,४२,४० र ५२ बर्षका पुरुष र व्यस नगरपालिका ४२,२९,२५ पुरुष गरी ३ जना सहित तनहुँमा १५ जनामा कोरोना संक्रमण पुष्टी भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

गोरखामा पनि थपियो कोरोना संक्रमित
गोर्खाको पालुङ्टारमा पनी ७ जनामा कोरोना पुष्ट भएको छ । जस्मा ४६,४५,४३,२८,२३ र ४१ बर्षका पुरुष र ४० बर्षका १ महिला , शहिदलखन गाउँपालकिामा ५४,३१,३८ र २७ बर्षका ४ जना पुरुष गरि गोरखा आज जम्मा ११ जनामा कोरोना पुष्टी भएको छ ।