भानु नगरपालिका सामुदायिक र संस्थागत विद्यालय आईतवार देखी सञ्चालन हुने सम्भावना वढेको छ ।
भानु नगरपालिकामा रहेका सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकको विहिवार सम्पन्न बैठकले विद्यालय खोल्ने जिम्मा स्वंयम सम्वन्धित विद्यालयलाई सम्भवत यही आईतवारवाट सञ्चालन गर्न आग्रह गरिएको जनाइएको छ ।


भानु नगरपालिकाको वडा नम्वर १,२,३,४,५,६,७,१२,१३ का विद्यालयहरुको प्रधानाध्यापकको टुहुरेपसल स्थित चन्द्रावती माध्यमिक विद्यालयमा बैठक सम्पन्न भएको हो ।

भानु नगरपालिका शिक्षा शाखा प्रमुख डिल्लीरमण भट्टराईको अध्यक्षतामा भएको छलफलमा विद्यालय सञ्चालन तथा विश्व महामारीको रुपमा फैलिरहेको कोभिड १९ को वारेमा विशेष छलफल गरिएको जनाइएको छ ।


सोही छलफल कार्यक्रममा यही शैक्षिक सत्र,पठन–पाठन,सिकाई उपलब्धि तथा सहजीकरण,विद्यालय सञ्चालन गर्ने जिम्मा स्वंयम विद्यालयलाई दिइएको र अन्य विषयमा समेत निर्णय समेत भएको भानु नगरपालिका शिक्षा शाखा प्रमुख डिल्लीरमण भट्टराईले जानकारी दिए ।

विगत ६ महिनादेखी विश्व महामारी रुपमा फैलिएको कोभिड- १९(कोराना भाईरस)का कारण विद्यालयको पठनपाठन प्रभावित भएको छ जसले गर्दा लाखौ विद्यार्थीहरुको पठन पाठनमा समेत कठिनाई परेको छ ।

Image may contain: one or more people, people sitting and indoor

केही क्षेत्रमा अनलाईन कक्षा सञ्चालन भएपनि नेटको समस्याले गर्दा सोचे अनुरुप पठन पाठन हुन सकेको छैन् ।

तस्वीर : हाम्रो भानु राम्रो भानु

अन्तिम पटक अध्यावधिक गरिएको 77 Viewed

प्रतिक्रिया दिनुहोस्