सांसद श्रेष्ठको पहलमा तनहुँका ६ स्कुललाई सहयोग

मनोज कुमार श्रेष्ठ,

भानु खबर, तनहुँ । तनहुँ क्षेत्र नं १ का सांसद माननीय कृण्ण कुमार श्रेष्ठ (किसान)को पहलमा तनहुँका विधालयलाई सहयोग प्राप्त भएको छ ।

बिद्यालयलाई प्रविधियुक्त बनाउने सिलसिलामा सूचना तथा संचार मन्त्रालय अन्तर्गत नेपाल दुरसंचार प्राधिकरणबाट तनहुँ क्षेत्र नं १ का ६ वटा विद्यालमा कम्प्युटर, प्रोजेक्टर र सिसि टिभी लगायतका सामान माननीय कृण्ण कुमार श्रेष्ठ (किसान) ज्यूकाे विशेष पहलमा तनहुँका विभिन्न स्कुलमा ४० लाख बराबरकाे प्रत्यक स्कुलमा कम्प्युटर सहितका सामग्री आज हस्तान्तरण भएको सांसद सचिवालय जनाएको छ ।

जसमा भानु नगरपालिका ११ त्रिभुवन उच्च मा.वि,भानु नगरपालिका २ होरालो शारदा शिक्षा सदन,३, बन्दिपुर २ भानु मा.वि, ब्यास नगरपालिका १० सर्व ज्योति मा.वि,ब्यास नगरपालिका १ निर्मल मा.वि देवघाट २ काली गंगा मा.विलाई उक्त समान हस्तान्तरण गरेको हो ।

Image may contain: one or more people and outdoor
Image may contain: house and outdoor
No photo description available.