पूर्वमन्त्री भण्डारीद्धार गृह जिल्लामा स्वास्थ्य सामाग्री सहयोग

भानु खबर, तनहुँ ।

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब मन्त्री शंकर भण्डारीले तनहुँका लागी स्वास्थ्य सामाग्री सहयोग गरेका छन ।
भण्डारीले गत आइतबार भण्डारीले १८ सय मास्क, ६ सय ग्लोब्स , १० थान पिपिई र १० लिटर सेनिटाइजर गृह जिल्ला पठाएका हुन ।
पूर्वमन्त्री भण्डारीले पठाएको स्वास्थ्य सामाग्री नेपाली काग्रेस व्यास नगर समितिका सह–सचिव डम्बर अधिकारीले जानकारी दिए अनुसार नेपाली काग्रेस तनहुँ मार्फत कोभिड –१९को संक्रमण बढी देखिएका स्थानीय तहहरुमा हस्तान्तरण गरिने भएको छ ।
तनहुँमा केही दिन यता कोभिड–१९ का संक्रमितहरुको संख्या बढेको सूचना पाए लगत्तै पुर्ब मन्त्री भण्डारीले कोभिड–१९ को नियन्त्रण र उपचारमा मद्धत पुगास भन्ने उदेश्यले आफुले स्वास्थ्य सामाग्री सहयोग गरेको भण्डारीले बताए ।
यस अगाडि पनि जिल्लाका १० वटै स्थानीय तहमा रु १ लाख नगद र ३ लाख बराबरको स्वास्थ्य सामाग्री वितरण गरेको र आगामी दिनमा समेत जिल्लाबासीलाई आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।