भानुमा ४१ जनाको पिसिआर टेस्ट

मनोज कुमार श्रेष्ठ,

भानु खबर । तनहुँको भानु नगरपालिकामा आज ४१ जनाको पि.सी.आर टेस्ट गरिएको छ ।
आज असार ८ गते सोमबारका दिन तनहुँको भानु नगरपालिका स्थित भानु २ शारदा कलेज र भानु ४ स्थित भानु सस्कृत मा.बि क्वारेन्टाइनमा रहेका ४० जनाको पि.सी.आर र १ जनाको कन्ट्रेन्ट टेसिङ्ग पि.सी.आर टेस्ट गरिएको हो ।
उक्त ४१ जनाको टेस्ट रिपोर्ट आजै पोखरा पठाइएको भानु नगरपालिकाको स्वास्थ्य प्रमुख एस्वर्य चन्द्र भट्टराईले जानकारी दिएका छन । भट्टराईले यस पटकको पि.सी.आर टेस्ट रिपोर्ट भने चाडैं नै आउने बताए ।

Image may contain: one or more people, people standing, mountain, outdoor and nature