यस्तो छ नेपाली काङ्ग्रेस तनहुँले भानुकाे केन्द्र स्थान्तरणकाे विययमा गरेकाे निर्णय (प्रेस विज्ञप्ती)

मिति २०७७/०३/०८
प्रेस विज्ञप्ती
भानु नगरपालिका नगर कार्यापालिकाको कार्यालय फ्रुस्रेटारमा सबै वडाका जनतालाई आवतजावत गर्न असुविधा भएकाले भानु नगरपालिका वडा नं १ डुम्रे वेशिसहर राजमार्गको आसपासको उपर्युक्त स्थानमा केन्द्र कायम गर्न सो नगरपालिकाको मिति ०७६/१०/२३ मा बसेको नगरसभाको बैठकबाट निर्णय गरिएको, भानु नगरपालिका वडा नं २ का वडा अध्यक्ष अर्जुन के.सीबाट मिति ०७६÷१०÷२३ मा भएको नगरपालिकाको नगर सभा अवैधानिक भएको, साथै नगरपालिकाको केन्द्र सार्ने विषयलाई विविध प्रस्तावमा राखि निर्णय गराईएको भन्ने निवेदन पर्न आएको, यस विषयलाई लिई भानु नगरपालिकामा सृजना भएको विवाद र तनावका प्रति नेपाली कांग्रेस तनहुँको ध्यानाकर्षण भएको छ ।
केन्द्र सार्ने पक्ष र सार्न हुदैन् भन्ने पक्षका विच वार्ता समिति गठन भई छलफल भईरहेको अवस्थामा कोरोना भाइरसको महामारीका कारण वार्ता एंव छलफल अवरुद्ध भएको अवस्थामा हाल गण्डकी प्रदेश सरकारले मिति ०७७/०२/२५ गते “नापी कार्यालयको प्लट रजिष्टरमा झाडी जनाएको साविक दोरदोर ५ क कि.नं २३४ को क्षेत्रफल १०६ रोपनी भएको जग्गा प्रचलित कानुन बमोजिम सो नगरपालिकालाई प्राप्त भए पछि नगरपालिकाको केन्द्र साविक भानु नगरपालिका वडा नं २ फ्रुस्रेटार बाट भानु नगरपालिका वडा नं १ को उक्त जग्गामा सार्ने गरी स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा (३) बमोजिम नेपाल सरकारले रिफारिस गर्ने” भन्ने निर्णय भएको देखिन्छ । यसै विच स्थानिय तहको देशैभरी हुने नगरसभा असार १० मा हुन गई रहेकोमा केन्द्र स्थानान्तरणको विवादले असर पर्न सक्ने हुदां नेपाली कांग्रेस तनहुँको बैठकबाट नेपाली कांग्रेससंग आवद्ध भानु नगरपालिकाका जनप्रतिनिधि लगायत अन्य कृयाशिल नेतृत्व विच एकरुपता सृजना गर्न नेपाली कांग्रेस तनहँुँका सभापति बैकुण्ठ न्यौपाने, पुर्व सभापति रघुनाथ पौडेल र जिल्ला सचिव लक्ष्मी आचार्य रहेको अध्ययन समिति गठन गरिएकोमा उक्त अध्ययन समितिको राय अनुसार निम्न निष्कर्ष प्राप्त भएकाले सम्बन्धीत साथिहरुलाई निम्नअनुसार गर्नु गराउनु हुन अनुरोध छ ।


१) भानु नगरपालिकाको यस अगाडीको निर्णयमा भन्सार स्थित शहरी विकास भवन माग भएकोमा सो निर्णय नभई नेपाल सरकारको निर्णय हुनु भन्दा अगाडी दोस्रो प्रस्तावित जग्गा भानु नगरपालिकालाई प्राप्त भएपछि मात्र केन्द्र स्थानान्तरण गर्ने गण्डकी प्रदेश सरकारको निर्णय भएको देखिदा तत्काल प्रस्तावित जग्गामा केन्द्र सर्न सक्ने अवस्था नदेखिएको हुदां सम्बन्धीत पक्षलाई संयमित हुन अनुरोध गरिन्छ । प्रदेश सरकारबाट हाल सिफारिस भएको कित्ता नं १३४ को जग्गा विविध कारणले केन्द्र सार्न उपयुक्त नदेखिएको स्पष्ट छ ।
२) हाल कार्यालय सञ्चालनमा रहेको फ्रुस्रेटारमा सबै शाखा एंव नगरपालिका कार्यालय सञ्चालन गर्न कठिन देखिएमा सम्बन्धित पक्षको सहमति सहित वडा नं १ भन्सार स्थित शहरी विकास कार्यालयमा केही शाखा सञ्चालन गर्न सकिने देखिदा भानु नगरपालिकालाई अनुरोध गरिन्छ ।
३) नगरवासीको विकास प्रतिको चाहाना र आगामी बर्षको आयव्यय नगर सभाबाट पारित गरिनु पर्ने हुदां असार १० को भानु नगरपालिकाको बैठक शान्तिपुर्ण रुपमा सञ्चालन गर्न र नगरसभामा सहभागि हुन सबै नेपाली कांग्रेस संग आवद्ध भानु नगर सभा सदस्य ज्यूँहरुलाई अनुरोध गरिन्छ ।
४) नगरपालिकाको केन्द्र स्थानान्तरण गर्न उपर्युक्त स्थानमा सहमती नभए सम्म साविक भानु नगरपालिकाको केन्द्र फ्रुस्रेटारमा यथावत सञ्चालन गर्न भानु नगरपालिकालाई अनुरोध गरिन्छ ।
५) नगरपालिकाको केन्द्र सार्ने विवादलाई वार्ता छलफल बाट समाधान हुन सक्ने हुदां नेपाली कांग्रेससंग सम्बन्धित साथिहरुलाई थप आन्दोलनका कार्यहरु नगर्न नगराउन हुन हार्दिक अनुरोध गरिन्छ ।

जीतप्रकाश आले