तनहुँमा जन्मिएका नेपाल प्रहरीका पाँच एसपी

तनहुँमा जन्मिएर नेपाल प्रहरीको प्रहरी उपरीक्षक(एसपी)मा हाल पाँच जना रहेका छन्। `सत्य सेवा सुरक्षणम्´ मुल मन्त्र लिएर समाजमा शान्ति सुरक्षा, अमन चयन कायम गरी अपराध नियन्त्रण र सफल अनुसन्धान गर्नु प्रहरीको मूल दायित्व हो भन्ने ढृड संकल्पका साथ प्रहरी निरीक्षक पदमा सेवा प्रवेश गरि हाल काविल प्रहरी अफिसरमा परिचित हुनुहुन्छ। एसपी विकासराज खनाल, मधुसूदन लुइँटेल,गंगा पन्त,श्यामकृण्ण अधिकारी र केदार खनाल रहेका छन्।
:- विकासराज खनाल
तनहुँको साविक जामुने गाविस हाल म्याग्दे गाउपालिका गुणादीमा जन्मिएका प्रहरी उपरीक्षक विकासराज खनाल नेपाल प्रहरीमा काविल प्रहरी अफिसरको रूपमा परिचित रहेका छन्। मकवानपुर र बारा जिल्लाको प्रमुख हुदा खनालले उदाहरणीय कार्य गरेर लोकप्रियता कमाएका थिए। जिल्लाको कमाण्ड गर्दा होस् या अन्य इकाइको जहाँ रहेपनि खनालको सिनियरहरूले समेत खुलेर प्रशंसा गर्थे।उनी शालिन स्वभावका छन्।
:- मधुसूदन लुइँटेल
तनहुँको साविक चोकचिसापानी गाविस हाल भानु नगरपालिकामा जन्मिएका मधुसूदन लुइँटेल डोटी र प्रदेश न.५ को ट्राफिक प्रमुख भइसक्नुभएको छ। ट्राफिक प्रमुख रहदा लुइँटेलले उल्लेखनीय सुधार ल्याउनुभएको थियो।त्यसअघि मुस्ताङ र रामेछापको कमाण्ड समेत गरेका थिए।
:- गंगा पन्त
तनहुँको साविक मिर्लुङ गाविस हाल भानु नगरपालिका वडा न.१२ मा जम्मिएकी गंगा पन्त महिला भएतापनि निडर र साहसिक अफिसका रूपमा परिचित छिन्। हाल पर्साको प्रहरी प्रमुखको जिम्मेवारीमा छन् । यसअघि पर्वत र बालाजु वृतको कमाण्ड सम्माल्लि सकेकी अनुभवी अफिसर हुन्।
:- श्यामकृण्ण अधिकारी
तनहुँको व्यास नगरपालिकाको साविक वडा न. ४ हाल वडा न.११ फराकचौरमा जन्मिएका श्यामकृण्ण अधिकारी हालै मात्र महोत्तरी जिल्लाको सफलता पुर्वक कमाण्ड समालि सकेका छन्। आमरूपमा जसरी उहा कम चर्चामा भएपनि प्रहरी संगठनभित्र भने उहाको बेग्लै छबी छ। “अधिकारी इमान्दार र नैतिकवान अफिसर रूपमा परिचित बनाउन सफल छन्। यश अधि सोह्रखुट्टे,पर्वत,सिन्धुपाल्चोक,काभ्रे,काँकडभिट्टा कमाण्ड जिम्मेवारी पुर्वक सम्माल्ली सकेका छन्।
:- केदार खनाल
तनहुँको व्यास नगरपालिका साविक वडा न.४ हाल ११ शेरामा जन्मिनु भएका केदार खनाल इमान्दार र सरल स्वभावका अफिसर हुन्। केही महिना अगाडि बढुवा भएका खनाल प्रहरी प्रधान कार्यालयमा कार्यरत हुनुहुन्छ। यस अघि दार्जुला,पर्वत र कीर्तिपुरको कमाण्ड सम्मालेका खनाल संगठनभित्र सरल स्वभाव र अनुसन्धानमा काबिल मानिन्छन्।

प्रकाश अधिकारी