मेरो कार्यलाई पौडल पक्षले मूल्याङकन गरेन– नेता जोशी

भानु खबर तनहुँ दमौली– नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री एवंम् वि.पी विचार राष्ट्रिय समाजका सह– सभापति गोविन्दराज जोशीले स्थापना काल देखि नै आफुले गरेको कार्यलाई पौडल पक्षले मूल्याङकन नगरेको र एकलौटी निर्णय गरेको आरोप लगाएका छन् ।

गत बुधबार तनहुँको दमौलीमा आयोजना गरिएको विपि विचार समाज तनहुँ को नवौं साधारण सभालाई सम्बोधन गदै उनले सो कुरा बताएका हुन् ।

उनले अहिलेको अवस्थामा तनहँु कांगे्रसले प्रतिनिधि सभा र प्रदेश सभामा हात धुन परेको बताउदै तनहँु काँगे्रस स्थापना कालमा गोर्वद्धन पोख्रेलको अध्यक्षतामा सात सदस्यीय कार्य समितिको सचिव भई सम्पूर्ण जिम्मेवारी बहन गरेको स्मरण गदै हाल तनहँु कागे्रसले आफनो नेतृत्वलाई उपेक्षा गदै एकलौटी ढङ्गले पार्टीलाई दिशा निर्देश गरेको बताएका छन् ।

कार्यक्रममा बोल्दै जोशीले तनहँुको नेतृत्व पाए ६ वटै सिटमा जिताएर समेत देखाई दिने बताउदै जोशीले तनहँुका प्रतिनिधि सभाका दुई र प्रदेश सभाका ४ सबै तह आफनो नेतृत्व भए जिताएर देखाई दिने दाबी समेत गरेका छन् ।

विपि विचार समाज तनहँुका सभापति डिल्लीराम अधिकारीको सभापतित्वमा सम्पन्न उक्त साधरण सभामा संस्थाका सचिव हरिशरण पण्डितले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष चिनु पोखे्रलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् ।

समाजको उपाध्यक्ष बालकुमारी लोहनीले स्वागत मन्तव्य गरेकी थिईन् । त्यस्तै कार्यक्रममा विपि विचार समाजका क्षेत्रीय सभापतिहरु रामदेव पन्थ, ईन्द्रप्रसाद पौडेल र जिल्ला सदस्यहरु गोपीबहादुर गुरुङ सुकुमलाल गुरुङ, प्रेमबहादुर बानिया, गणेशबहादुर खत्री, ऋषिराम पोख्रेरेल, परमेश्वर भटराई, धुव्रकुमार श्रेष्ठ, भिम बहादुर अधिकारी, बालकृष्ण पौडेल, कुलबहादुर थापा, सोलबहादुर चितउरे मगर र पत्रकार महासंघ तनहँुका अध्यक्ष ओमकार आर्चाय लगायतले शुभकामना मन्तव्य राखेका थिए ।