दमौली – मालपोत कार्यालय तनहुँले आफ्ना सेवाग्राहीहरुलाई दिईने सेवामा परिमार्जिन गरेको छ ।

केही दिन यता बार निर्धारण गरेर सेवा प्रवाह गरेको मालपोत कार्यालयले कार्यतालिका परिमार्जन गरेको छ । जिल्लाका १० वटै स्थानिय तहलाई हप्तामा ६ दिन आलोपालो बार निर्धारण गरिएपनि तोकिएको वार भन्दा फरक दिनमा पनि सेवाग्राहीको चाप बढेपछि कार्यालयले असोज ११ गते (आईतवार) देखी लागु हुने गरी कार्यतालिका परिमार्जन गरेको मालपोत कार्यालय तनहुँका प्रमुख मालपोत अधिकृत शेर बहादुर भण्डारीले जानकारी दिए ।

मालपोत कार्यालयमा सेवाग्राहीहरुको अत्याधिक भिड लागेको र कोभिड १९ को जोखिमलाई मध्यनजर गदैं तनहुँका प्रत्येक पालिकाहरुलाई वार निर्धारण गरि सेवा दिइने प्रमुख भण्डारीले बताए ।

उनका अनुसार आईतबार र सोमबार व्यास नगरपालिका,मंगलबार शुक्लागण्डकी नगरपालिका ,बुधबार भीमाद नगरपालिका,क्रृषिङ गाउँपालिका र म्याग्दे गाउँपालिका,विहिबार भानु नगरपालिका,देवघाट र घिरिङ गाउँपालिका र शुक्रबार बन्दीपुर र आँबुखैरनी गाउँपालिकाको तालिका निर्धारण गरिएको जनाइएको छ ।

यसअघि कार्यालयले असार १ गतेदेखी स्थानिय तह अनुसारको बार निर्धारण गरेको थियो । मालपोत जिल्लाका सरकारी कार्यालयमध्ये सबैभन्दा बढी भीड हुने कार्यालयमा पर्दछ ।

अन्तिम पटक अध्यावधिक गरिएको 113 Viewed

प्रतिक्रिया दिनुहोस्