कम्युनिस्टले देश बनाउदैनन् – युवा नेता थापा

प्रकाश अधिकारी ।

स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिकामा नेकपाका सक्रिय ४८ कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नेकपाका धनबहादुर जिटि र डिलबहादुर विकको नेतृत्वमा कांग्रेसमा प्रवेश गरेका हुन्।नवप्रवेशीलाई नेपाली कांग्रेसका युवा नेता संविधानसभा सदस्य राजु थापाले साधारण सदस्य दिई प्रवेश गराएका थिए।

नवप्रबेशिलाई स्वागत गर्दै थापाले संघ, प्रदेश र स्थानीय तहमा नेकपाका नेताहरु जनताको जीवनस्तर सुधार गर्नमा लाग्नुपर्नेमा ठिक उल्टो आफ्नो जीवन सुधार गर्न लागेको र जताततै भ्रटाचार मौलाएको उनको भनाइ थियो।

वर्तमान सरकार बनेपछि भ्रष्टाचार मौलाएको, जनताले सास्ती पाएको र जनता आक्रान्त बनेको नेता थापाले दाबी गरे । ‘सम्बृद्ध नेपाल, खुसि नेपाली’ भन्ने नेकपाको नाराले भ्रष्ट नेपाल, गरिब र दुःखी नेपाली बनाएको र यसरी देश समृद्धि नहुने उनको भनाइ थियो।

अन्तिम पटक अध्यावधिक गरिएको 58 Viewed

प्रतिक्रिया दिनुहोस्