माडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पुष्पराज ढकाल नियुक्त भएका छन् । माडी नगरपालिकाको शिक्षा शाखाको प्रमुखको जिम्मेवारीमा करीब १ बर्षदेखि माडीमै कार्यरत ढकाललाई सम्बन्धित मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिने निर्णय गरी पत्राचार गरेकोे हो ।

हाल माडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेका भीम बहादुर कुँवरको भने स्याङ्जाको चापाकोट नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतकै पदमा सरुवा भएको नगरपालिका श्रोतले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 102 Viewed

प्रतिक्रिया दिनुहोस्