रतनपुर सामुदायिक वनको अध्यक्षमा दुर्गा प्रसाद पण्डित चयन भएका छन् । भानु १२ रतनपुरमा रहेको रतनपुर सामुदायिक बन उपभोक्ता समितिको १४ औं अधिवेशा तथा २७ औं साधरण सभाले दुर्गा प्रसाद पण्डितको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा उषा ढकाल,सचिवमा देव बहादुर पण्डित,सह–सचिवमा प्रदिप पण्डित,कोषाध्यक्षमा प्रेमा ढकाल रहनुभएको छ ।

यस्तै सदस्यहरुमा चिरञ्जिवी ढकाल,राम कुमारी पण्डित,बसन्त पण्डित,बिमला पण्डित क्षेत्री ,गिता वि.क. र रामलाल श्रेष्ठ रहेका छन् । संस्थाको १४ औं अधिवेशन तथा २७ औं साधरण सभा कार्यक्रममा जग्गा तथा पुर्व अध्यक्ष कृष्णराज ठकुरीको अध्यक्षतामा सम्पन्न भएको हो ।

अन्तिम पटक अध्यावधिक गरिएको 127 Viewed

प्रतिक्रिया दिनुहोस्