स्मार्ट लाईसेन्स वितरणको कार्य थप गरिएको छ । कोभिड– १९ कोरोना भाइरसको जोखिम तथा सेवाग्राहीहरुको भिडभाडलाई मध्यनजर गदैं स्मार्ट लाईसेन्स वितरणको कार्य थप गरिएको हो । नेपाल सरकारको स्वास्थ्य मापदण्डको पुर्ण पालना गदैं अनावश्यक भीडभाड नगरी असोज ३० गतेसम्म वितरण कार्य जारी राखिने भौतिक पुर्वाधार विकास मन्त्रालय यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र गण्डकी प्रदेशले जनाएको छ ।

लाईसेन्स विहान ८ बजेदेखी दिउसो २ः३० बजेसम्म शुक्रवार विहान ८ बजेदेखी दिउँसो २ बजेसम्म र शनिवार र विदाको दिन विहान ८ बजेदेखी दिउँसो ३ बजेसम्म वितरण गरिने जनाइएको छ । लाईसेन्स लिन आउँदा सक्कल विल,विल नभएमा वा विल प्रष्ट नभएमा नागरिकताको प्रमाणपत्र अनिवार्य रुपमा लिएर आउनुपर्ने,सेवाग्राहीहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड पुर्णपमा पालना गरी सुक्षित बस्न समेत आग्रह गरिएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 20 Viewed

प्रतिक्रिया दिनुहोस्