वृहत भानु खानेपानी आयोजनाको लागि रु.२० करोड विनियोजन भएको छ । तेश्रो साना सहरी खानेपानी तथा सरसफाई आयोजनाको आर्थिक वर्ष २०७७÷२०७८ का लागि रु. २० करोड विनियोजन भएको हो । खानेपानी तथा सरसफाई आयोजना अघि वढाउन संघिय सासंद केदार सिग्देल,सांसद कृष्ण कुमार श्रेष्ठ(किसान,प्रदेश सांसद राम बहादुर गुरुङ,भानु नगर कमिटि अध्यक्ष प्रेम राना,वृहत खानेपानी अध्यक्ष अर्जुन तामाङ सहितको टोलीले खानेपानी विभागमा छलफल गरेको छ । यस आर्थिक वर्षमा रु २० करोड विनियोजन भएको टोलीमा सहभागि सांसद कृष्ण कुमार श्रेष्ठ(किसान)ले जानकारी दिए ।

अन्तिम पटक अध्यावधिक गरिएको 55 Viewed

प्रतिक्रिया दिनुहोस्