खाल्टेमा समुदायिक भवन निर्माण दु्रत गति अघि वढिरहेको छ । देवघाट २ खाल्टे तनहुँमा भुकम्प रहित आधुनिक ८ कोठे सामुदायिक भवन निर्माण कार्य तिव्र गतिमा भैरहेको जनाइएको छ । गण्डकी प्रदेशवाट विनियोजित रु. २५ लाख र खाल्टे सामुदायिक संस्थाको आन्तरिक रकम गरी रु.७० लाखमा ८ कोठे भुकम्प रहित सामुदायिक भवन निर्माण भईरहेको छ ।

कोरोना भाइरस कोभिड–१९ को महामारीको कारण करिव ६ महिना भवन निर्माण कार्य रोकिएको थियो । देवघाट गाँउपालिका २ खाल्टे झुत्रे स्थित समुदायिक संस्थाको आफ्नै ६ रोपनी जग्गामा भवन निर्माण कार्य जारी रहेको संस्थाका कोषाध्यक्ष क्रृषिराम रानाभाटले जानकारी दिनुभयो । मेडियम मिटिंग हलमा एक सय जना क्षमताको सभाहल रहने जनाइएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 112 Viewed

प्रतिक्रिया दिनुहोस्