काठमाण्डौ, कार्तिक १४ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज संघ सरकारका अर्थमन्त्री विष्णु पौडेलसँग भेट गर्नुभएको छ । भेटमा मुख्यमन्त्रि गुरुङले प्रदेशका विभिन्न आयोजना तथा योजनाहरूमा बजेट निकासका लागि अनुरोध गर्नु भएको प्रेस सल्लाहाकार विक्रम न्यौपानेले जानकारी दिनुभयो ।

संघ सरकारले ससर्त अनुदानको सर्तसहित गण्डकी प्रदेशलाई हस्तान्तरण गरेका आयोजनाहरूका लागि बजेट भने नआएको कारण निर्माण अघि वढ्न नसकेकोले बजेट निकासाका लागि माग गर्नुभएको उहाँले बताउनुभयो ।

संघले गण्डकीलाई हस्तान्तरण गरेका ३२ वटा सडक आयोजनाका लागि २ अर्ब ८६ करोड रुपैयाँ बजेट आवश्यक छ । त्यस्तै आधारभूत खानेपानीका वर्षाैं पुराना योजनाका लागि १ अर्ब ५ करोड, विशेष खानेपानी आयोजना ४३ वटाका लागि ५२ करोड ८७ लाख, १९ वटा सिँचाइका आयोजनाका लागि १८ करोड ५० लाख, ५० वटा सडक पुलका लागि ३० करोड ५१ लाख र जनता आवास कार्यक्रमका लागि ९० करोड रुपैयाँ आवश्यक पर्ने उहाँले बताउनुभयो ।

अन्तिम पटक अध्यावधिक गरिएको 880 Viewed

प्रतिक्रिया दिनुहोस्