पोखरा, कार्तिक १४ । कोरोना संक्रमणका कारण गण्डकी प्रदेशमा आजसम्म ७५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य निर्देशनालय पोखराका अनुसार आज थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कास्की जिल्ला, पोखरा महानगरपालिका १५ का ८१ बर्षीय कोरोना संक्रमित पुरुषको आज विहान होम आईसोलेसनमा रहेकै क्रममा मृत्यु भएको छ ।

उहाँमा कार्तिक १२ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । त्यस्तै अर्का संक्रमित स्याङ्जा जिल्ला, वालिङ–५ का ७० बर्षीय पुरुषको आज मृत्यु भएको हो ।

उहाँको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको आई.सि.यु. मा उपचारका क्रममा आज मृत्यु भएको हो । उहाँमा कार्तिक ९ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।

अन्तिम पटक अध्यावधिक गरिएको 112 Viewed

प्रतिक्रिया दिनुहोस्