कार्तिक १७ । तनहुँको भानु नगरपालिका वडानम्वर २ ले वडाभित्रका सवै शैक्षिक संस्थाहरु वन्द गर्न निर्देशन दिएको छ । वडा अध्यक्ष अर्जुन बहादुर केसीले हिजो एक सूचना जारी गर्दै कोभिड १९ को संक्रमणको जोखिम अझै कायमै रहेकाले तत्काललाई विद्यालय नखोल्न निर्देशन दिइएको हो । वडा समितिको बैठकले आज देखि मंसिर ३ गते सम्म विद्यालय संचालन नगर्ने निर्णय गरिएको हो । साथै वित्तीय संस्थाहरुलाइ पनि सरकारले भनेको स्वास्थ्य सम्वन्धी मापदण्ड कडाईका साथ पालना गरेर मात्रै सेवा दिन भनिएको छ । साथै आउदै गरेका चाडपर्वहरु विशेष सुरुक्षा सतर्कताका साथ मनाउन अनुरोध गरिएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 180 Viewed

प्रतिक्रिया दिनुहोस्