नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । सन्दीपले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफूलाई कोरोना सङ्क्रमण भएको जानकारी दिएका छन् ।

सन्दीपले कोरोना पुष्टि भएपछि आफू सेल्फ आइसोलेनमा बसेको बताएका छन् । आफूलाई बुधबारबाट कोरोनाको लक्षण समेत देखिएको जानकारी दिँदै उनले आफ्नो स्वास्थ्य अवस्था सुधार हुँदै गएको समेत बताएकमा छन् ।

सन्दीपले स्वस्थ भएर आफू चाँडै मैदान फर्कने पनि उल्लेख गरेका छन् । यसअघि नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्ल सहित दिपेन्द्र सिंह ऐरी र रोहित पौडेललाई पनि कोरोना सङ्क्रमण देखिएको थियो । उनीहरू तीनै जना कोरोना मुक्त भइसकेका छन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 596 Viewed

प्रतिक्रिया दिनुहोस्