तपाइ र म सेक्स गरौं – एस. वि. आलोक

ओ हो हो तपाई एकदम… रिसाउनुभयो ।

कृपया तपाइ यो तलका कुराहरु एकपटक नरिसाइ पढ्न सक्नुहुन्छ । तपाइले सोच्नुभयो होला कस्तो मातेको फोहोरी मान्छे रहेछ कस्तो असभ्य रहेछ यस्तो कुराहरु पनि लेख्ने हो ? तपाईको मनमा यही आइरहेको छ होइन त ? तपाईले सोच्नु भएको एकदम ठिक हो । तपाइको ठाउँमा भएको भए म पनि त्यही सोच्थें होला । तर तपाईले सोच्नुभएको जायज कुरालाई मन नगदैं यहाँ केही कुराहरु गर्न गैरहेको छु ।


यौन (सेक्स) हामी तर्सन्छौ ओहो के भनेको होला तर हामी तर्सेका छौं त एकपटक छातीमा हात राखेर भन्नुस त पक्कै छैनौ होला । किनकी हामी सवैले यौनको वारेमा सोचेका हुन्छौ कतिले व्यक्त गछौं कतिले गर्दैनौ फरक यति नै हो जती यौनको वारेमा लुकाउन खोज्छौं त्यति हामी भित्र यौन तड्पिरहेको हुन्छ ।

जसरी हामीले कुनैकुरालाई नहेर्नु भन्यौ भने त्यहाँ भित्र के होला भनेर खुल्दुली हुन्छ हेर्न मन लाग्छ । त्यस्तै यौनको वारेमा खुलेर यौनमा लाग्यौ भने यसको कुनै अप्रिय घटनाहरु घट्दैनन त्यस्तै मुस्लीम देशहरुमा मुख हात खुट्टा छोपेर हीडछन् त्यसबेलामा मुख हेरौं हेरौं जस्तो लाग्छ मानीसहरुमा खुल्दुली उत्पन्न हुन्छ कसैले मुख तिघ्रा देखायो भने अस्लील लाग्छ हाम्रो जस्तो हिन्दु मुलुकमा मुख, अनुहार, तिघ्रा देख्दा अश्लील लाग्दैन त्यस्तै हामी खुलेर यौनको गयौं भने त्यसमा मानिस लिप्त हुदैन र अहिले जस्तो मानिसले यौनको बारेमा सोच्ने छैन ।

जसरी जनावरहरु नाङ्गै हुन्छन तिनिहरुले सेक्स गर्ने जतिवेलापनि पाउँछन् उनीहरुको सेक्स देख्दा हामीलाई घृणा हुदैन स्वभावीक हुन्छ र उनिहरु वर्षमा एक दुई पटकमात्र सेक्स गर्छन तर मानिसहरुले ढाकेकै कारण र यौनलाई लुकाएको कारण जतिवेला पायो त्यतीवेला यौनमा आतुर हुन्छ ।

नानबिावुलाई बाबुआमाले सेक्सको वारेमा लुकाउन खोज्छन् दिउसोमा गाली गर्छन टिन एजर छोरा छोरीले सेक्सको कुनै कुरा गरेभने अथवा लेडीज र जेन्स सँगै हीड्दा गाली गर्छन तर आमाबाबु साँझ परेपछि सँगै देख्दा उनिहरुले के सोच्छन् होला सोच्नुहोस त लुकी लुकी हेर्छन होइन त ? अनि विकृती तिर लाग्छन् होइन त ? यदी नलुकाइ खुलस्त कुरा गरेका भए मोह त्यती हुन्थेन ।


रजनिरा भन्छन् यौनको उर्जानै प्रेमको उर्जामा विकसीत हुन्छ फलित हुन्छ तर हामीले मानिसभित्र भरिदिएका छौं यौनको विरोधमा परिणम स्वरुप प्रेम जन्मन सकेन किनकी यो त अगाडी वढ्ने क्रममा थियो, यौनको स्वीकृतिबाटै आउँथ्यो प्रेम विकसित कामुक र यौनुअल हुदै गयो । हाम्रा सारा गित कविता, चित्र, पेन्टीङ्ग मन्दिर मुर्ति घुमाइ फीराई यौन केन्द्रित भए । हाम्रो मननै यौनको वरीपरी केन्द्रित भयो यो जगतमा कुनैपनि पशु मानिस जस्तो कामुक छैन । मानिस चौविसै घण्टा कामुक भएर गयो विरोध दुस्मनी र शत्रुताका कारण उसको प्राणमा चोटलाग्यो जुनकुरा जिवनको मुल थियो, त्यो बाट मुक्त हुनत सकिन्थ्यो तर त्यो सँग लड्ने –भिड्ने चेष्टाले सारा जिवन रुग्ण हुन सक्थ्यो , जुन भयो ।


यो मनुस्य जाति यति विध्न कामुक देखिरहेको छ यसका पछाडी खराव मानिसको होइन सज्जन र सन्तहरुको हात छ । जवसम्म मनुस्य जाति यस्ता सज्जन र सन्तहरुको अन्याय बाट मुक्त हुदैन । तवसम्म प्रेम विकासको कुनै सम्भावना छैन । यहाँ तपाईलाई एउटा प्रसंग तिर डोर्याउँदैछु ।
एक व्यक्ति घरबाट निस्कदै थियो कुनै मित्रसँग भेट्न जाँदैथियो उ घोडामा चढेकोमात्र थियो । एक बाल्यकालको साथी घरसामु आएर उभियो । उसले भन्यो साथी–तिमी घरमा बस्दै गर तिमी आयौ भने बसौला र कुरा गरौला भनेर बषौदेखी प्रतिक्षा गदैथिए । अव हेर त कुनैकामले म एकजना मित्रलाई भेट्न जानु छ ।

म जसरी पनि नगई हुदैन मेरो घरमा बस्दै गर म छिट्टै फर्केर आउँछु । उसको मित्रले भन्यो– म एक्लै के गर्ने, म पनि तिमीसँगै जान्छु बरु मेरा कपडा सवै फोहर छन् यदि तिमीसँग कुनै राम्रो कपडा भए म लगाउँछु र म पनि तिमी सँगै जान्छु ।


लुगा एक जोर यस्तो राखेको थियो । जुन उसले जिवनमा सबभन्दा राम्रो र महङगो किनेर कुनै बेला आवश्यक पर्यो भने लगाउँला भनेर जतनसाथ राखेको थियो ।साथीले लगाउने भनेकोले उसले खुसीसाथ निकालेर दियो ।


मित्रले जव लुगा लगायो तव त्यो साथीलाई इष्र्या जन्मियो उसको साथी त सम्राट जस्तो देखियो । बहुमुल्य कोट, टोपी, धोती तथा सानदार जुत्ता थियो । त्यो मित्रको सामुन्ने उ विल्कुलै नोकरचाकर जस्तो दिन हिन देखियो ।उसले सोच्यो यो त बडो नमज्जा भयो, जसको घरमा म यसलाई लिएर जान्छु उनिहरुको ध्यान त यसमाथीनै जान्छ म माथी त कसैको ध्यान नै पुग्दैन आफ्नै कपडा …… तर आफ्नै कपडाका कारण म दीनहीन भइरहेछु । आखिर म त मनै हुनी भनेर आफ्नो मनलाई सम्झायो । परमात्माको कुरा गर्ने मान्छे के राखेको छ र यो कोट, टोपी, जुत्ता आ……….छाड्दिऊ ,लगाओस के फरक पर्छ र ? तर मन बुझाउने कोसीस गर्दा पनि उसको मन कोट, टोपी मै घुमिरहन्थ्यो । बाटोमा जसले पनि उसको साथीलाई हेर्थे । जसको घरमा उनीहरु हिडेका थिए, त्यहाँ पुगे ।


गएर मित्रको परिचय दियो–जमाल वाल्यकालको साथी हो, एकदमै प्यारो मानिस छ । जव कपडाको कुरा आयो, अचानक नै उसको मुखवाट निस्कियो उसले लगाएका कपडा चाही मेरा हुन किनकी जसको घरमा उनीहरु गएका थिए । उनिहरु सवै साथीको कपडा हेर्दै थिए उसको मनभित्र कुदिरहेका कोट, टोपी मेरा कोट र टोपी र यही कोट र टोपीका कारण उ हैरान भइरहेको थियो त्यसैले मुखबाट निस्किहाल्यो कपडा १ कपडा ११ कपडा मेरा हुन ।


मित्र हैरान भयो १ कस्तो पागलजस्तो कुरा गरेको होला भनेर घरका मानिस पनि हैरान भए । ख्याल त उसलाई पनि आयो, बोलीसकेपछि ।तब भुल गरेभनेर पछुतायो पनि र आफ्नो मन दबायो। बाहिर निस्किएपछी क्षमा माग्यो “क्षमा गर मित्र ज्यादै ठूलो भुल भयो मित्रले भन्यो म त हैरान भए यि सब कुरा तिम्रो मुखबाट कसरी निस्कीए ? ”उसले भन्यो, केही होइन खाली जिब्रो चिप्लेको हो ।


जब कि जिब्रो चिप्लने भन्ने त कहिल्यै हुदैन भित्र मनमा केही कुरा चलिरहेको हुन्छ ।तब कहिलेकाही वेमौकामा मुखबाट फुत्त निस्कीहाल्छ उसले भन्यो–माफ गर भुल भयो कसरी यो ख्याल आयो मैले केही बुझिरहेको छैन तर तीवाक्य कसरी मुखमा आए भन्ने कुरा उसलाई पुराको पुरा ख्याल थियो ।


उनिहरु अर्को मित्रको घर गए बाटोमा उसले जे सुुकै होस यी कपडा मेरा हुन भन्दै भन्दीन भन्ने निर्णय गर्यो मन बलियो बनायो । घरको ढोकामा पुगेर पनि उसले कपडा मेरो हो भनेर भन्ने छैन भनेर दृढ संकल्प गर्यो तर उ जति जति दृढ संकल्प गरिरहेको थियो ।त्यत्तिनै जोडजोडका साथ कपडा मेरो हो भन्ने कुराले उसको मनमा डेरा जमाइरहेको थियो यो कुरा उसलाई थाहै थिएन ।


एउटा मानिस भन्छ कि म यौनको वारेमा सोच्दै सोच्दीन यसको मतलव यो हो कि उ भित्र कामुकताले दृढ पुर्वक धक्का लगाइरहेको अनि लगाई रहेको हुन्छ जति मानिस यो गर्दिन भनेर सोच्छ उसले त्यही गर्छ नत्र अर्को के कारण छ ? एउटा मान्छे आजदेखी म खाना कम खान्छु भनेर कसम खान्छ । यसको मतलव उसले धेरै खाने मन हुदाहुदै थोरै खाने कसम खानुपरिरहेछ ।

तब अनिवार्य रुपमा द्धन्द पैदा हुन्छ जो सँग हामी लड्न चाहान्छौ त्यही हाम्रो कमजोरी हो र तवसम्म द्धन्द जन्मनु स्वभाविक हो उ आफुसँग लड्दै ढोकाभित्र गयो सम्हालीदै बोल्यो, यिनी मेरा मित्र हुन तर जब उ बोलीरहेको थियो, उसलाई कोही पनि हेरीरहेका थिएनन् ।घरमा सबै मानिस उसैका साथीलाई हेरीरहेका थिए ।

तब उसलाई ख्याल आयो–मेरो कोट, मेरो टोपी उसले मनमनै भन्यो–मैले कसम खाएको छु यसपाली चाही लुगाको कुरा गर्दिन के छ लत्ताकपडामा ? लत्ताकपडा त कसैको पनि हुन सक्छ यो सब त संसार हो, यो त माया हो । यो सब उ मनमनै सोचिरहेको थियो तर सत्य त बाहिरबाट भित्र, भित्रबाट बाहिर गइरहेको थियो।उसले भन्यो–यो मेरो मित्र हो वाल्यबाल दखीको साथी हो साह्रै प्रिय मान्छे छ रह्यो कपडाको कुरा ।कपडा उसैको हो मेरो होइन। किनकी उनिहरुले त्यसदीन सम्म यस्तो परिचय कहिल्यै सुनेका थिएनन् ।


वाहीर निस्केपछी क्षमा माग्न थाल्यो, आज म बाट ठूलो भुल भइरहेछ के गरुँ के नगरु यो के भैरहेको छ मलाई ? आजसम्म मेरो जिन्दगीमा मलाई कपडाले यसरी समाएको थिएन होला ।यदि चतुर्याइ उपयोगमा आउन थाल्यो भने कपडाले नै समाउँछ । मित्रले भन्यो ,अब म त सँग हिड्दीन तर उसले साथीको सामुन्ने हात जोड्न थाल्यो होइन यस्तो नगर । तिमीलाई दुव्र्यवाहार गरें भनेर मलाई जिवनमा दुःख भइरहन्छ । अब म कसम खाएर भन्छु कि अब कपडाको कुरा मरिकाट्टी उठाउँदीन ।


कसम खानेहरु सँग सँधै सामधान रहन आवश्यक छ किनकी जो कसम खान्छ उ भित्र त्यो चाँही अचेतनको पत्रभित्र गाडिएर रहेको हुन्छ यदि दश भाग गर्यो भने कसमचाही एउटा हिस्साले मात्र खाएको हुन्छ, नौ भाग चाही भित्र उल्टो रहेको हुन्छ । ब्राम्हचार्यको कसम मनको एक भागले खाइरहेको छ र जुन हिस्साले परमात्माको दुहाइ दिइरहेको हुन्छ ।


उनिहरु तेश्रो मित्रको घरमा गए अब भने उसले आŠनो घाँटी सम्मनै संयम अपनायो ।संयमि मानिस वडो खतरनाक हुन्छ, किनकी उ भित्र ज्वालामुखी दन्कीरहेको हुन्छ ।माथि–माथि चाँही संयम अपनाएर बस्छ र यो करालाई स्मरण राख्नुहोस कि जुन चिजलाई साधनाको आवश्यकता पर्छ–साधनामा यति श्रम लाग्छ कि साधना पुरा समय हुन सक्दैन त्यसपछी सिथील हुनुपर्छ, विश्राम गर्नुपर्छ यदि मैले जोडले मुठ्ी कसे भने तव कति समय मुठी कसेर राख्न सकुँला ? जति जोडले मुठी कस्छ त्यती नै छिटो थाक्छ र मुठी खुल्छ शक्क्ति खतम हुन्छ र उल्टो हुन थाल्छ मुठी जति जोडले कसियो उतिनै छिटो खुल्छ।हातलाई खुल्ला राख्न सकिन्छ चौविसै घण्टासम्म तर बाँधेर राख्न सकिदैन जुन काममा श्रम लाग्छ त्यो कामलाई जीवन वनाउन सकिदैन कहिल्यै पनि सहज हुदैन उक्त काम यदि श्रम गर्नुपर्छ भने विश्राम पनि गनुपर्छ ।


त्यसैले जति बढी साधु सन्त हुन्छ उ उत्तिनै खतरनाक हुन्छ किनकी उसको विश्रामको समय पनि आउँछ, चौविसै घण्टामा घण्टा भरिकालागी उसलाई सिथिल हुनुपर्छनै ।त्यो सिथीलताको समयमा उ भित्र हजारौं पाप खडा हुन्छन् नर्क सामुन्ने उपस्थिीत हुन्छ ।तब उसले विल्कुलै सास थाम्यो रोक्यो र भन्यो–अब चाही कसम खान्छु कपडाको वारेमा कुरै उठाउँदीन ।

अब तपाई उसको हालत सम्झनुहोस त, यदि तपार्य धेरै थोरै धार्मिक हुनुहुन्छ भने तपाईलाई आŠनो अनुभव बाटै थाहा हुनसक्छ त्यो वेला उसको हालत के भयो होला ? यदि तपाईले कसम खानु भएको छ, व्रत लिनुभएको संकल्प लिनुभएको छ ।तब तपाईलाई पुराका पुरानै थाहा होला त्यो वेला तपाईलाई के भएको थियो ?


उनिहरु घरभित्र गए । उसको निधारबाट पसिना चुहिरहेको थियो यतिका विध्न श्रम परिरहेको थियो त पसिना नबगोस पनि किन ? उसको पसिना देखेर मित्र डराइरहेको थियो उसका निधारका सबै नसा खुम्चिएका थिए ।उ एक–एक शब्द सम्हालिदै बोलीरहेको थियो, मेरो मित्र वडा पुरानो साथी हो, साह्ै असल साथी हो र क्षणिकका लागी रोकियो।जस्तो कि भित्रबाट जोडले उसलाई धक्का लागेको होस र सवै वगिरहेको होस , बाढी आयो र वग्यो उसले भन्यो अब रह्यो कपडाको कुरा, यो त मैले कसम नै खाएको छु, कपडाको कुरा त म गर्दैं गर्दिन, कपडाको कुरा मलाई गर्नु नै छैन ।


जुन घटना यो मानिसलाई भयो, यो पुरा मनुस्य जातिमा यौन सम्बन्धमा भएको छ । यौनलाई अवरोध बनाइएको छ र विषाक्त पारिएको छ । सबका सब विषाक्त पारिएको छ ।साना साना केटाकेटीलाई यौन पाप हो भनेर सम्झाइन्छ तर त्यही पाप भन्दा भन्दै यौनलाई आŠनो अंग बनाइन्छ तर लुकाउन खोजीन्छ ।


त्यसैले मेरो विचारमा यौनलाई लुकाउन थाल्यौ भने यसले झन विकृती रुप लीन्छ र संसारलाई दलदलमा फसाइदिन्छ हामीले जसरी खाना खान्छौ त्यसरी सामान्य रुपमा यौनलाई सोच्यौ तथा यौनलाई लुकाएनौ भने यो केही पनि होइन । बाहीर लुकाउन खोज्छौ त्यो लुकाइएको वस्तु अमुल्य भएझै यौनलाई पनि नलुकाई खुल्ला गयौं भने संसारले प्रगती गर्नेछ र मानिसले यौनको वारेमा सोच्ने छैन ।